गुल्मी । उपचारको क्रममा बालिकाको मृत्युपछि तनावग्रस्त बनेको गुल्मीमा अहिले अवस्था सामान्य बनेको छ । घटनाको सत्यतथ्य छानबिनका लागि गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीकाे नेतृत्वमा ५ सदस्यीय समिति गठन भएपछि घटना साम्य बनेको हो ।
छानबिन गर्ने सहमति भएपछि मृतकका आफन्तले मृतकको शव पाेष्टमार्टमपछि अन्त्येष्टिका लागि लगिसकेका छन् ।
गुल्मीको गुल्मी अस्पतालमा मंगलबार बिहान उपचारको क्रममा छ वर्षीया बालिकाकाे मृत्यु भएकाे थियो । अर्घाखाँचीकाे छत्रदेब गाउँपालिका-७ काउलेका राजेश मरासिनीकी छाेरी छ वर्षीया प्रशंसा मरासिनीकाे उपचारको क्रममा मृत्युु भएपछि गुल्मी मंगलबार दिनभर तनावग्रस्त बनेको थियो ।










