बुटवल । पाल्पाको जोर्तेमा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । गुल्मीदेखि बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्वरको स्कार्पियो जोर्तेको उकालोमा पहिरोले च्यापेको हो ।
जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
गाडी भित्र अझै २-३ जना च्यापिएको अवस्थामा रहेकाले निकाल्न नसकिएको प्रहरीले जनाएको छ । जेसीबी बोलाइ सकेको र जेसिबीले पहिरो हटाएर उनीहरुको उद्दार गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बांकी छ ।










