दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

माधव नेपालले भने– अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न सकिँदैन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका केही अनुचित बुँदाले बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

मंगलवार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै पूर्वपूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए ।

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्नु हुँदैन । एमसीसीलाई आइपीएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौ,’ नेता नेपालले भने, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरू देशलाई शत्रु घोषणा गर्ने योजना हो ।’

उनले नेपालका कुनै पनि देश शत्रु नभएको उनले स्पष्ट पारे । नेता नेपालले यहाँको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत् एमसीसी पास गरेको स्मरण गर्दै नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने त्यसमा उल्लेख गरिएको बताए ।

‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पारित गरेका हौँ । हामीले त्यसरी पास गरेको कुरालाई अमेरिकाले पनि अस्वीकार गरेको हो भन्ने विषय प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस्,’ उनले भने, ‘गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस् ।’

नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरु कसैको हस्तक्षेप स्वीकार्न नसकिने पनि उनले स्पष्ट पारे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित