आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

स्वतन्त्र विद्यार्थी युनियन लुम्बिनी वाणिज्य क्याम्पसको कार्यालय उद्घाटन

स्वतन्त्र विद्यार्थी युनियन लुम्बिनी वाणिज्य क्याम्पसको कार्यालय उद्घाटन गरिएको छ ।

स्ववियू निर्वाचन पछि निर्मित कार्यालयको लुम्विनी वाणिज्य क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेले उद्घाटन गरेका हुन ।

कार्यालय उद्घाटन गर्दैै क्याम्पस अध्यक्ष पाण्डेले क्याम्पसको महत्वपूर्ण अंगको रुपमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले आफ्नो काम, कर्तव्य र अधिकार तिनवटै कुरालाई संगसंगै पुरा गर्न सुझाव दिए।

निर्वाचनबाट निर्वाचित भएपछि स्ववियूका पदाधिकारी तथा सदस्यहरुले क्याम्पसका सबै विद्यार्थीलाई समान व्यवहार गरि उनिहरुमा आई परेका समस्या समाधान गर्न पुलको रुपमा काम गर्नुपर्ने बताए ।

क्याम्पस प्रमुख प्रँध्यापक डा. तारा प्रसाद उपाध्यायले स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस र विद्यार्थीहरुको हित र प्रवद्र्धनको लागि आयोजना गर्ने कार्यक्रमहरुमा क्याम्पस प्रशासन सहयोग गर्न तयार रहेको बताए।

कार्यक्रममा बोल्दै स्ववियु सभापति विजय कार्कीले विद्यार्थीहरुका हरेक समस्या समाधानका लागि स्ववियू सदैव सारथी बन्ने बताए । कार्कीले क्याम्पस प्रशासन र विद्यार्थीबीच पुलको रुपमा रहेर काम गर्ने बताए ।

स्ववियुले सोहि अवसरमा त्रिभुवन विद्यालयमा प्रथम स्थान हासिल गर्न सफल बिबिएस दोस्रो बर्षमा अध्यनरत आयुष्मा रेश्मी मगर, तेस्रो स्थान प्राप्त गर्ने बिबिएम सातौ सेमेस्टरकी शिलम श्रेष्ठ लगायत बिभिन्न तहमा प्रथम हुने बिद्यार्थीहरुलाई सम्मानपत्रद्धारा सम्मान गरिएको स्ववियु कोषाध्यक्ष योगेन्द्र रायमाझिले बताए ।

स्ववियू सचिव निराजन खरेलको संचालन तथा उपसभापति अमित गुप्ताको स्वागतमा सम्पन्न भएको कार्यक्रममा स्ववियू निर्वाचन अधिकृत गोपाल प्रसाद पाण्डे र पुर्व स्ववियू सचिव यम पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित