बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

वृद्धि भएको श्रमिकको पारिश्रमिक कार्यान्वयन होस्-गौतम

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमले वृद्धि भएको श्रमिकको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न माग गरेका छन् ।

बुटवलमा सञ्चारकर्मीसँग कुरा गर्दै जिफन्ट उपाध्यक्ष गौतमले सरकारले साउन १ गतेदेखि लागू हुने गरी बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक लागू गर्न माग गरेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले यही साउन १ गतेदेखि लागु हुने गरी औपचारिक क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु १७ हजार तीन सय निर्धारण गरेको छ । यस्तै चिया बगानका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्दै रु १३ हजार आठ सय ९३ तोकिएको छ ।

वृद्धि भएको पारिश्रमिकमा औपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मासिक न्यूनतम पारिश्रमिकमा रु १० हजार आठ सय २० आधारभूत पारिश्रमिक र रु छ हजार चार सय ८० महङ्गी भत्ता रहेको छ । यस्तै, प्रतिघण्टा रु ८९, दैनिक रु छ सय ६८ र आंशिक समय मात्र काम गर्ने श्रमिको प्रतिघण्टा रु ९५ पारिश्रमिक निर्धारण गरिएको छ ।

उपर्युक्त पारिश्रमिकका अतिरिक्त श्रम ऐन–२०७४, योगदानमा आधारित सामाजिक सुरक्षा–२०७४, श्रम सम्झौता, नियुक्ती पत्र र श्रमिकले पाउने सञ्चयकोष, उपदानलगायतका सुविधा अनिवार्यरुपमा हुनुपर्ने राजपत्रमा उल्लेख छ ।

न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकारप्राप्त स्थानीय तह वा अन्य निकायले मन्त्रालयले तोकेको भन्दा कम नहुने गरी न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने छ ।

जिफन्ट केन्द्रीय उपाध्यक्ष गौतमले न्यूनतम पारिश्रमिक भन्दा बढी सुविधा पाइरहेका श्रमिकका हकमा न्यूनतम ज्यालालाई आधार मानी सोही अनुपातमा पारिश्रमिक वृद्धि गर्न माग गरे । विभिन्न निजी शिक्षण संस्थाहरु, मिडियासँग सम्बन्धित कामदार कर्मचारी, औद्योगिक प्रतिष्ठान, व्यापार, एनजीओ÷आइएनजीओ, कृषि श्रमिक, निर्माण क्षेत्रमा कार्यरत मजदूरहरुको समेत वृद्धि भएको तलव कार्यान्वयन हुनुपर्ने गौतमले जोड दिए ।

केही व्यवसायीले पारिश्रमिक गर्दा औद्योगिकभार पर्ने भन्दै त्यसको कार्यान्वयनलाई वेवास्ता गरेको भन्दै उनले बढेको ज्यादातर लागू गर्ने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका हुन् ।

‘श्रमिकको न्यूनतम् १७ हजार ३ सय निर्धारण गरिएको छ । तर औधोगिकभार पर्ने जस्ता अभिव्यक्ति आइराखेका छन्,’ उनले भने, ‘बढेको पारिश्रमिक पनि लागू गर्न सकिएन भने पक्कै पनि राम्रो सन्देश जाँदैन । उद्योग व्यवसाय प्रवद्र्धन गर्नु र श्रमिकको हकहितमा काम गर्नु सरकारको दायित्व हो । त्यसैले उद्योगी÷व्यवसायीले बढेको पारिश्रमिक खुसीसाथ लागू गर्ने वातावरण सरकारले तयार गरिदिनुपर्छ ।’ त्यस्तै उनले सामाजिक सुरक्षा कोषमा आवद्ध नभएकाहरुलाई कोषमा आवद्ध हुन पनि आह्वान गरेका छन् ।

हालसम्म १८ हजार २११ प्रतिष्ठान र ती प्रतिष्ठानमा आवद्ध ७ लाख ३८ हजार २१५ जना श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध छन् । पछिल्लोपटक अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिक पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समेटिएका छन् ।

‘अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९’ अनुसार अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार क्षेत्रका श्रमिक समेटिएका हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित