लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

। ‘पठन संस्कृतिको विकाससंगै सकारात्मक सोचसहितको सुसंस्कृत युवा नेतृत्व’ भन्ने उद्देश्यले स्थापित संस्था डिपिएल नेपाल बुटवल शाखाले शनिबार बुटवलमा ‘लेखकसंग डिपिएल नेपाल’ अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष पारस मरासिनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै ‘बौद्ध दर्शन र सञ्चार’ ग्रन्थका लेखक, वरिष्ठ पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंले समाजलाई सही दिशामा अग्रसर बनाउन युवाहरुका बीच पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

उनले विश्वको परिवर्तित सन्दर्भमा युवाहरुलाई सुस्वास्थ्य, असल ज्ञान , सीप, दर्शन, सिद्धान्त, विचार र समयसापेक्ष शिक्षासंगै इमान्दार र नैतिकवान् भई अगाडि बढ्न प्रेरित गर्नुपर्ने बताए । त्यस्तैगरी शिखा उपन्यासका लेखक अमृत भुसालले युवाहरुमा सकारात्मक सोच आएन भने उनीहरुले समाजमा हेर्ने दृष्टिकोण नकारात्मक हुने बताए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राजिव खनाल, प्रमुख सल्लाहकार विकास श्रेष्ठ, आर्थिक सल्लाहकार रोशन नेपाल, सल्लाहकार साकार लम्साल, माधव सापकोटालगायतले बोल्दै पठन संस्कृतिको विकासका लागि पुस्तक पढ्न जरुरी रहेको बताउँदै सकारात्मक सोच बिना लेखन यात्रामा अघि बढ्न नसक्ने बताए ।

कार्यक्रममा संस्थाका अध्यक्ष पारस मरासिनीले बोल्दै युवाहरुमा पठन संस्कृतिको विकास गरेर सुसंस्कृत समाजको निर्माण गनुपर्ने समयको माग भएको बताउँदै सहभागी महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । संस्थाका पूर्व अध्यक्ष आविस्कार खनालले अन्तरक्रिया कार्यक्रमको सहजीकरण गरेका थिए भने संस्थाका महासचिव प्रकाश पोख्रेलले कार्यक्रमको सञ्चालन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित