श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

नागरिकता ऐन कार्यान्वयन अवस्था सम्बन्धी सञ्चारकर्मीहरूसँग छलफल

महिला कानून र विकास मञ्च (एफडब्लूआइडी) ले शनिबार बुटवलमा नेपाल नागरिकता ऐन कार्यान्वयन अवस्था सम्बन्धी सञ्चारकर्मीहरूसँग छलफल कार्यक्रम गरेको छ । ऐन आएपछि कार्यान्वयनको अवस्था र बुझाईबारे पत्रकारहरूसँग छलफल गरिएको हो ।

सो अवसरमा बोल्दै अधिवक्ता सविन श्रेष्ठले नयाँ ऐन आएपछि ४५ हजार नागरिकता बितरण भइसकेको डाटा प्रस्तुत गरे ।

सो अवसरमा उनले अझै पनि नागरिकता ऐनमा केही विषय अस्पष्टता रहेको भन्दै नियमावली पछि समस्या समधान हुने आशा गरे । नागरिकता विधेयक पछि धेरैका समस्या समधान भएको बताउंदै उनले सरकारी केही अस्पष्ट नीतिले अहिले पनि कतिपयले नागरिकता प्राप्त गर्न नसकेको बताए ।

कार्यक्रममा महिला कानुन तथा विकास मञ्च रुपन्देही जिल्ला संयोजक नागेन्द्र बस्याल, बुटवल उपमहानगरपालिकाका वडा नम्बर ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री महिला कानुन र विकास मञ्चका कार्यक्रम अधिकृत विनोदचन्द्र देवकोटालगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित