बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

मानीत विश्वविद्यालयका लागि पाठ्यक्रम बनाउन छलफलमा जुट्यो लुम्बिनी वाणिज्य क्याम्पस

बुटवल ।बुटवलको लुम्बिनी वाणिज्य क्याम्पस मानीत विश्वविद्यालयमा जाँदा कस्तो पाठ्यक्रम तयार गर्ने भन्ने विषयमा एकेडेमी–इण्डष्ट्रि छलफल गरिएको छ ।

उद्योगी व्यवसायीलाई आवश्यक जनशक्ति उत्पादन गर्नेगरी स्थापना गरिएको यो क्याम्पस मानित विश्वविद्यालयमा जाने निर्णय लिईसकिएको र सोही अनुसारका कार्यक्रमहरु अगाडि बढिसकेका छन् ।

यस सन्दर्भमा क्याम्पसमा बिहिबार एकेडेमी–इण्डष्ट्रि डायलग गरिएको थियो । त्यस क्रममा उद्योगी व्यवसायीहरुले यहाँको आवश्यकता परिपूर्ति गर्ने खालको जनशक्ति उत्पादनमा जोड दिएका थिए । अहिलेको मुख्य आवश्यकता उद्यमशिलता भएको र उद्यमशिलतासंग जोडेर शैक्षिक कार्यक्रम सञ्चालन गर्न उनीहरुको सुझाव थियो ।

अहिलेको युवा जनशक्ति विदेश पलायन भईरहेको र यसले निकट भविश्यमा विकराल स्थिती आउन सक्ने भन्दै त्यसलाई रोक्नको लागि पनि सीपमा आधारित जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिईएको थियो ।त्यस्तै उद्योग व्यवसाय क्षेत्रले खोजे अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न र उद्यमी व्यवसायीसंग निरनतर संवादमा रहन आफुहरु तयार रहेको शिक्षा क्षेत्रका व्यक्तिहरुले भनाई राखेका थिए । त्यस्तै बैंकरहरुले बैकिंङ क्षेत्रमा भइरहेका परिवर्तनलाई पाठ्यक्रममा समावेश गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उद्योगी व्यवसायीलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नको लागि बुटवल उद्योग वाणिज्य संघको पहल र प्रत्यक्ष लगानीमा लुम्बिनी वाणिज्य क्याम्पस स्थापना गरिएको बताउँदै समयसापेक्ष आवश्यक जनशक्ति उत्पादन गर्नकै लागि मानित विश्वविद्यालयमा जाने निर्णय लिईएकोमा क्याम्पस व्यवस्थापनलाई धन्यवाद ज्ञापन गरे ।

उनले अवको आवश्यकता रोजगारीका लागि दक्ष जनशक्ति मात्रै नभएर उद्यमशिल जशक्ति पनि उत्पादन गर्नुपर्ने बताउँदै त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरे ।

त्यस अवसरमा त्रिभूवन विश्वविद्यालयका प्राध्यापक डा. शिवराज अधिकारीले वर्तमान समयमा देखिएका समस्या र समाधानका उपायहरु समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्याय, लुम्बिनी वाणिज्य क्याम्पस प्लेसमेण्ट एण्ड काउन्सिलिङ सेलका संयोजक उपप्राध्यापक डिल्लिराज गौतम लगायतले भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित