श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

पूर्वाधार अभाव नै क्रिकेट विकासको चुनौती- शक्ति गौचन

पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचन शनिबार रोटरी क्लव अफ बुटवलको बैठकमा गेष्ट स्पीकरका रुपमा सहभागी भए । रोटरी क्लवको १४ सय ७७ औं नियमित बैठकमा सहभागी गौचनले नेपाली क्रिकेटेको बिगतदेखि वर्तमान सम्मको अवस्था, क्रिकेटको भविष्य, क्रिकेट खेलाडीहरुको संभावनाका विषयमा केन्द्रित रहेर आफ्ना धारणा राखे ।

उनले माथिल्लो स्तरका या टेस्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतियोगिता गर्न नेपालमा सुरक्षित मैदान समेत नभएको भन्दै यसका लागि राज्यले ठोस भूमिका निर्वाह गर्नुपर्ने बताए । “पछिल्लो समय नेपाली क्रिकेट आफ्नो लयमा फर्किएको छ, नेपाली क्रिकेटले आगामी दिनमा पनि यही लय समात्यो भने निश्चित रूपमा हामी थप एक स्तर माथि पुग्न सक्छौँ”–उनले भने ।

खेलाडीका लागि नियमित अभ्यास गर्न केही मैदान अभ्यासका लागि पिचहरू भएपनि प्रयाप्त पूर्वाधार नहुँदा क्रिकेटको विकासमा चुनौती थपिएको गौचनको भनाई छ । “हामीसँग माथिल्लो स्तरका या टेस्ट मान्यता प्राप्त राष्ट्रसँग प्रतियोगिता गर्न सुरक्षित मैदान छैन”–उनले भने ।

नेपालले टेष्ट मान्यताका लागि खेलाडीहरुले कठिन संघर्ष गरिरहेको भन्दै उनले टेस्ट खेल्ने हो भने कम्तीमा पनि अन्तर्राष्ट्रियस्तरका गतिला दुई रंगशाला चाहिने बताए ।

राष्ट्रको खेलकुद विकासका लागि खेलाडीको वृत्ति विकास पनि महत्वपूर्ण हुने भन्दै उनले अहिले खेलाडीहरुले पाइरहेको सेवा सुविधा प्रयाप्त नभएको बताए । “बिगतमा भन्दा धेरै सुधार त भएको छ, खेलाडीहरुको वृत्ति विकासको लागि प्रयाप्त भने छैन”–उनले भने । गौचनले आफ्ना समकालीन पारस खड्का क्यानको नेतृत्वमा जाने तयारीमा रहेको भन्दै उनबाट क्रिकेट विकासले फड्को मार्ने विश्वास व्यक्त गरे ।

उनले आफू रुपन्देहीबासी भएकाले नयाँ खेलाडी जन्माउन प्रयासरत रहेको बताए । आफूले समयमै क्रिकेटबाट सन्यास नलिएको भए अहिले कुशल मल्ल जस्ता खेलाडी राष्ट्रिय टिममा नहुन सक्ने भन्दै उनले क्रिकेटप्रतिको नयाँ पुस्ताको आकर्षणलाई बचाएर लैजानु पनि त्यत्तिकै आवश्यक रहेको बताए ।

बैठकमा क्लवका अध्यक्ष करुण खनालले राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई क्लवको बैठकमा बोलाएर क्रिकेटप्रतिको ज्ञान, अनुभव र भावी संभावनाका कुरा गर्ने अवसर पाउँदा गौरव लागेको बताए । त्यस अवसरमा रोटरीयनहरु मणिरत्न पाण्डे, शिवकुमार ज्ञवाली, अजयमान श्रेष्ठ, तारानाथ भट्टराई, बोनिन पियाल, खिमनारायण पराजुली लगायतले क्रिकेटर गौचनसँग विभिन्न जिज्ञासा राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित