लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण

बुटवल । बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर विषयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब एक सयबढी छात्रछात्राको सहभागिता रहेको थियो ।

विद्यालयका उप प्राचार्य उमेश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रमुख प्रशिक्षक हव आइटी बुटवलका डिजिटल मार्केटिङ निर्देशक हरि बन्जाडे, विद्यालयका कम्प्युटर शिक्षक राजिव बेलबासेले गरेका थिए ।

आधुनिक प्रविधिको विकाससँगै बढ्दै गएको डिजिटल मार्केटिङका बारेमा विद्यार्थीलाई विस्तृत जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रशिक्षक बन्जाडेले डिजिटल मार्केटिङ पद्वतिका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा बोल्दै प्राचार्य कृष्ण न्यौपानेले आफूले सिकेको नवीनतम प्रविधिलाई व्यवहारमा उपयोग गर्ने र अरुलाई पनि उक्त ज्ञान बाँड्ने गरेमा मात्र सिकाइ उपलब्धिमूलक रहने बताए ।

कार्यक्रममा सह प्राचार्यद्वय भिमसेन गौतम र उमेश रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीमा नवीन प्रविधिको ज्ञान अभिवृद्वि हुने हुँदा आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमले निरन्तरता पाउने जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित