श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

एभरेष्टमा डिजिटल मार्केटिङ सम्वन्धी अभिमुखीकरण

बुटवल । बुटवल–८ सुख्खानगरस्थित एभरेष्ट माध्यमिक विद्यालयमा डिजिटल मार्केटिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

व्यवस्थापन सङ्कायअन्तर्गत कम्प्युटर विषयमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्रालाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा करिब एक सयबढी छात्रछात्राको सहभागिता रहेको थियो ।

विद्यालयका उप प्राचार्य उमेश रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण प्रमुख प्रशिक्षक हव आइटी बुटवलका डिजिटल मार्केटिङ निर्देशक हरि बन्जाडे, विद्यालयका कम्प्युटर शिक्षक राजिव बेलबासेले गरेका थिए ।

आधुनिक प्रविधिको विकाससँगै बढ्दै गएको डिजिटल मार्केटिङका बारेमा विद्यार्थीलाई विस्तृत जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा प्रशिक्षक बन्जाडेले डिजिटल मार्केटिङ पद्वतिका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा बोल्दै प्राचार्य कृष्ण न्यौपानेले आफूले सिकेको नवीनतम प्रविधिलाई व्यवहारमा उपयोग गर्ने र अरुलाई पनि उक्त ज्ञान बाँड्ने गरेमा मात्र सिकाइ उपलब्धिमूलक रहने बताए ।

कार्यक्रममा सह प्राचार्यद्वय भिमसेन गौतम र उमेश रेग्मीले यस्ता कार्यक्रमले विद्यार्थीमा नवीन प्रविधिको ज्ञान अभिवृद्वि हुने हुँदा आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमले निरन्तरता पाउने जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित