श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

हरियाली यातायात प्रालिको पांचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हरियाली यातायात प्रालिको पांचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रवार बुटवलमा एक कार्यक्रमको आयोजना गर्दै साधारणसभा एव अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले पैदल रिक्साको कारणले धेरै ब्यक्तिलाइ समस्या भएकोले ईरिक्साको आगमनले धेरैको स्वास्थ्यमा राम्रो प्रभाव परेको बताए ।

उनले रिक्साहरु सञ्चालन हुनु आफैमा स्वरोजगार भएको भन्दै यसको व्यवस्थापनमा भने सरोकारवालाले ध्यान दिनुपर्ने बताए । घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश वरिष्ठ उपाध्यक्ष गणेश अधिकारीले ईरिक्सा सञ्चालन गर्नेहरुले ट्राफिक नियमको पालना गरेमा दुर्घटना न्यून हुने भन्दै त्यस तर्फ ध्यान दिन आग्रह गरे ।

साथै उनले ई रिक्सा ब्यवसायीका समस्या समाधानका लागि सहकार्य गर्न तयार रहेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसिले बिगत ४ वर्ष यता प्राली संग संगै रहेको बताउदै अहिले सम्म आवश्यक समन्वय गर्दै आएको बताए ।

उनले युवालाइ बिदेश पलायन हुन बाट रोक्ने हिम्मतका साथ स्वरोजगार मुलक ब्यवसाय गरेका ब्यक्तिहरुको सम्मान गर्नुपर्ने भएपनि इरिक्सा थप्दै लैजानु गलत हुने बताए ।

बुटवलमा अहिले १४४० ईरिक्सा सञ्चालन गर्न मिल्ने भनेको र सो अनुसार ब्यवस्थापनका कामहरु गर्दै आएको जानकारी दिए ।

प्रालिका अध्यक्ष कृष्ण प्रसाद तिवारीले ई रिक्सा व्यवस्थापनमा प्रा.लिले बुटवल उपमहानगरपालिका संग सहकार्य गर्दै अगाडि बढेको बताए । कोषाध्यक्ष यज्ञ प्रसाद गैरेले लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा टेरा मोटर्सका सञ्चालक ज्ञान प्रसाद बस्याल,प्रालिका पूर्व सचीव गोपाल रिजाल लगायतले बोल्दै ई रिक्सा चालक एव ब्यवसायीलाई एक स्थानमा राखेर सिंगोे टिम बनाएर काम गर्न आग्रह गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित