श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

तस्वीरमा हेर्नुहोस्– अक्सफोर्डमा दोस्रो मेगा फुड फेस्ट तथा लाईभ कन्सर्ट

बुटवल। लुम्बिनी प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेजमा शुक्रबार दोस्रो मेगा फुड फेस्ट तथा लाइभ कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा अध्ययनरत बिएचएम पाँचौं सेमेन्टरका विद्यार्थीहरुको आयोजनामा खाना महोत्सव, रक्तदान तथा सांगीतिक कार्यक्रम भएको हो । क्याम्पस प्रमुख मनोज मरासिनीले कलेजमा बिएचएम अध्ययनरत विद्यार्थी इन्टनसीपको लागि युरोपका विभिन्न मुलुक सहित थाइल्याण्ड, कतार, युएई लगातका देशमा गएको बताए ।

त्यहाँ सिकेको ज्ञान र सीपसँगै विद्यार्थीहरुले आम्दामी समेत गर्न थालेको मरासिनीले बताए । २०५९ सालमा स्थापना भएको कलेजमा लामो समयदेखि शैक्षिक क्षेत्रमा क्रियाशील प्रबुद्ध व्यक्तिहरुको संलग्नता रहेको छ ।

कलेजले हरेक वर्ष उत्कृष्ट रिजल्ट ल्याउदै आएको छ ।

२०६७ मा बिएडतर्फ नेपाल प्रथम, बिबिएसतर्फ नेपाल द्धितीय भएको थियो । त्यस्तैगरी २०७९ मा बिएचएम तेस्रो सेमेस्टरतर्फ नेपाल प्रथम, बिआइएम फस्ट सेमेस्टरमा लुम्बिनी प्रदेश प्रथम र बिआइएम पाँचौं सेमेस्टरमा पनि लुम्बिनी प्रदेश प्रथम भएको क्याम्पसका बिएचएम तथा बिआइएमका संयोजक ओमबहादुर कार्कीले बताए ।

कलेजमा बिबिएस, बिएड, बिआइएम र बिएचएम मा गरी १ हजार २६५ विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

त्यस्तै रक्तदान  कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस साईटाईटी रक्त सञ्चार सेवा केन्द्र बुटवलको सहयोगमा गरिएको रक्तदान कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक कर्माचारीहरु ६० जनाले रक्तदान गरेको क्यापस प्रमुख मनोज मरासीनीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित