श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

जेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा

जेसीआई नेपालको क्षेत्र घ सम्मेलनको तयारी पूरा भएको छ । भदौ ८ गते शुक्रबारदेखि रुपन्देहीको मणिग्राममा हुने सम्मेलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको छ ।

सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिहरुको व्यवस्थापनदेखि उदघाटन समारोहको तयारीका काम सकिएको सम्मेलनको व्यवस्थापन गरिररहेको जेसीआई तिलोत्तमाका अध्यक्ष प्रकाश गौतमले जानकारी दिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लिबहादुर चौधरीले उदघाटन गर्ने सम्मेलनमा करिव एक हजार प्रतिनिधि सहभागी हुँदैछन् । उदघाटन समारोहमा एमाले पोलिटब्यूरो सदस्य एवं संघीय सांसद ठाकुर गैरे, काँग्रेस केन्द्रीय सदस्य एवं संघीय सांसद प्रदिप पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं संघीय सांसद मनिष झा वक्ताका रुपमा सहभागी हुने जेसीआई तिलोत्तमाका संस्थापक अध्यक्ष विनोद ढकालले बताए । सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलनले राष्ट्रिय महाधिवेशनका लागि क्षेत्रगत रुपमा एजेण्डा पारित गर्ने छ । हालसम्म भए गरेका कार्यक्रमको बारेमा पनि सम्मेलनमा छलफल हुने सम्मेलनका सभापति एवं क्षेत्र घ का निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जीवन कार्कीले बताए । राष्ट्रिय अध्यक्ष सिनेटर विकास मानन्धरको प्रकरण गोष्ठी (थिम सेमिनार), वक्तृत्वकला, उत्कृष्ट शाखालाई पुरस्कृत, विजनेश एण्ड वियोण्ड सम्बन्धी तालिमलगायतका कार्यक्रम पनि सम्मेलनका क्रममा हुने छन् ।


 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित