प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

बुटवलका औषधी ब्यवसायी ढकाल आईतवारबाट बेपत्ता

बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकाल ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्क विहिन भएका छन् ।

शनिबार घरबाट हिडेपछि सम्पर्क विहिन भएका ५३ बर्षिय गंगा ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री गर्ने गर्दथे ।

बुटवलबाट शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेपनि त्यसपछि ढकाल कहाँ गए केही पत्तो नभएको परिबारले बताएका छन् ।

आईतबार विहान चितवनबाट आफुले लगाएको हाफ पाईन्ट सहित ‘मलाई अब नखोज्नु’ भनी सन्देश पठाएका ढकालको अहिले सम्म खोजी गर्दा समेत फेला नपरेको परिबारले जनाएको छ ।

मोबाईल फोन र घडी समेत घरमा छाडेर गएका ढकाल सम्पर्क विहिन भएपछि परिबारले प्रहरीमा खवर गरेका थिए ।

ढकाल आईतबार साँझ सवा ७ बजे सवैभन्दा पछिल्लो पटक नारायणी नदिमा देखिएको प्रहरीले जनाएको छ ।

त्यसपछि भने उनी कहाँ गए सिसिटिभीले समेत देखाएको छैन् । त्यहि समय पुलबाट एक जनाले हाम फालेको सूचना गैडाकोट प्रहरीमा पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरिक्षक रामेश्वर कार्कीले २ जना युवतीले एक जना पुरुष पुल बाट हाम फालेको भनी गैडाकोट प्रहरीमा सूचना दिएको र त्यहि आधारमा अहिले हाम फाल्ने व्यक्तिको खोजी भइरहेको बताए ।

नदिमा हाम फाल्ने ब्यक्ती ढकाल नै हुन भन्ने प्रमाणीत नभएपनि नारायणगढ तर्फबाट गैडाकोट तर्फ पैदलै गएका ढकाल गैडाकोट पुगेको नदेखिएकोले उनै हुन सक्ने अनुमान गरिएको उनले बताए ।

आईतबार देखि सशस्त्र प्रहरी, गोताखोर सहितको टिमले नारायणी नदिमा खोजी गरिरहेको छ ।

आर्थिक रुपमा समेत अव्वल ढकाल किन यसरी सम्पर्क विहिन भए भन्ने उनी निकटका औषधी व्यवसायी समेत आश्यर्चमा परेका छन् ।

सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका ढकाल स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ बाट परिवार बसाइँसराइँ गरी विक्रम संवत २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झरेको थियो । मध्यम बर्गीय परिवारका ढकालले दीपेन्द्र माविबाट २०४७ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेका थिए ।
०५१ सालबाट जागिरे जीवन सुरु गरेका ढकालले लामो समय विभिन्न कम्पनीका काम गरेका थिए ।

१२ वर्ष सम्म औषधिमै काम गरेको अनुभव पछि ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री थालेका थिए । पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए ।

७० जिल्लामा औषधि पठाएउने ढकालको ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित