श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

शिव शिखर र तिलोत्तमाको सार्थक सहकारीमा पैसा डुब्यो ? ईप्रका बुटवलमा निबेदन दिन जानुस्

बुटवल । बचतकर्ताको रकम हिनामिना गरेपछि बन्द रहेको बुटवलको योगिकुटीमा अवस्थित शिव शिखर सहकारी र तिलोत्तमाको मणिग्राममा अवस्थित सार्थक बहुउद्देश्यीय सहकारीका पीडितहरुलाई प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सहकारीको बारेमा अनुसन्धान अघि बढेका कारण पीडितहरुले रकम जम्मा गरेको प्रमाणसहित ईलाका प्रहरी कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरिएको हो ।

तिलोत्तमा नगरपालिका–५ मणिग्राममा रहेको दर्ता नं. ४६/०७८/०७९ को सार्थक बहु उद्देश्यीय सहकारी संस्था र भक्तपुर जिल्ला ठिमि नगरपालिका अन्तर्गत कौशलटार मुख्य कार्यलय रही रुपन्देहीको बुटवल उप महानगरपालिका–१० योगिकुटीमा शाखा कार्यालय रहेको दर्ता नं. ५८८/०६९/०७० को शिव शिखर बहु उद्देश्यीय सहकारी संस्था बारे प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

थप अनुसन्धानका लागि रकम जम्मा गरेका सेयर धनि तथा बचत कर्ताहरुको वचत रकम तथा सेयर सहकारीहरुले फिर्ता नदिई ठगी गरेको सम्बन्धमा अनुसन्धान भई रहेको जनाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित