निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

एमाले विरुद्धको चौतर्फी घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाउँछौं : पद्मा अर्याल

नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेविरुद्धको चौतर्फी घेराबन्दी तोड्न सबै कमिटीलाई चलायमान बनाउने गरी अगाडि बढेको बताएकी छन् ।

उनले पहिलो पटक पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गरेर संघीयता कार्यान्वयनमा सहजता ल्याएको बताउँदै यसरी सबै तहका पार्टी कमिटीलाई नयाँ नेतृत्व दिने बताइन् ।

भदौ १६ र १७ गते बुटवलमा हुने अधिवेशनका सन्दर्भमा पत्रकारहरुसँग कुरा गर्दै अर्यालले अहिलेसम्म यो विधिबाट कुनै पार्टी र एमाले स्वयंले अधिवेशन नगरेकाले संघीयता कार्यान्वयनको सन्देश लुम्बिनीबाटै दिन थालेको बताएकी हुन् ।

आफूले प्रदेशको जिम्मेवारी लिएर आएपछि सबै जिल्ला कमिटीका बैठकहरुर्लाइ चलायमान बनाएको, सबै जिल्लाबाट सदस्यता नवीकरण अधावधिक गरेर पाएको र अधिवेशन पनि पहिले नै गरेर नयाँ सन्देश दिन थालेकी अर्यालले बताइन् ।

एमालेविरुद्ध चौतर्फी घेराबन्दी हुँदा पनि सतिसालजस्तै उभिएका पार्टी सदस्यको सम्मान गर्न सबै तहका कमिटीलाई चलायमान बनाउँदै नागरिकसँग जोडिएका सामाजिक कार्यामा जोड्नेगरी अभियान थालिएको उनको भनाइ छ ।

‘प्रदेश अधिवेशनबाट सकेसम्म सहमतिमै नयाँ नेतृत्व छनौट गर्ने नभए लोकतान्त्रिक विधि खोजिने बताउँदै उनले एमाले विधिमा चल्ने पार्टी हो भनेर आम कार्यकर्ता र शुभेच्छुकहरुले महसुस गराउनेगरी जिम्मेवारीमा खटिएको अर्यालले बताइन् ।

पछिल्लो पटक धेरै कार्यकर्ता र शुभेच्छुककको चिन्ता नेतृत्वले समय नदिएको, पार्टी कमिटी चलायमान नभएको, जिम्मेवारी लिएर बसेका व्यक्तिहरुले व्यवास्था गरेको, निर्वाचनका बेलामात्र आफूहरुलाई प्रयोग गरेका धेरै गुनासा आएका छन्, ती विषयलाई मध्यनजर गर्दै हरेक कमिटीलाई नागरिकसँग जोडिने अभियान थालेका छौं, प्रदेश अधिवेशनको प्रतिनिधि छनौटलाई पनि त्यसरी नै ध्यान दिएका छौं’ उनले भनिन् ।

उनले प्रदेश कमिटीको प्रतिनिधिमा समावेशी सहभागिता र युवा सहभागितालाई विशेष ध्यान दिएको बताउँदै बुटवलको अधिवेशनबाट नयाँ सन्देश दिनेगरी योजना बनाएको बताइन् ।

अधिवेशनको सन्दर्भमा आइतबार तयारी बैठक बसेको छ । बैठकमा प्रदेश इन्चार्ज अर्यालले यो अधिवेशन सातै प्रदेशमध्ये पहिलोपटक हुन लागेको र देश संघीयतामा गइसकेपछि एमालेले पार्टीलाई संविधान अनुकुल बनाउने अभियानका रूपमा अधिवेशनलाई लिएको बताइन् ।

उनले प्रदेश र जिल्ला पार्टी नेतृत्वमा रहेका सबैलाई पार्टीको यो अभियानलाई बुझ्न र तदनुसारको सक्रियता प्रदर्शन गर्न निर्देशन दिँदै यसको भब्यताले पार्टी चलायमान् हुन पनि सहयोग पुग्ने बताइन् । सो अवसरमा पार्टी अध्यक्ष राधाकृष्ण कँडेलले अधिवेशनको तयारीका सन्दर्भमा आजसम्म भए गरेका कामको जनकारी गराएका थिए ।

व्यवस्थापनका हिसावले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, कपिलवस्तुका अध्यक्ष डम्वर शर्मा र नवलपरासीका अध्यक्ष दीपेन्द्र अधिकारीले अधिवेशनको तयारीका सन्दर्भमा जिल्लास्तरमा हुने अफ्ठेरा, सहजता, चुनौती तथा भए गरेका काम खासगरी जनपरिचालनका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अधिवेशन तयारीका लागि तीनै जिल्लालाई स्थानीय आयोजक मानिएको छ । बैठकमा पोलिटब्युरो सदस्य लीला गिरी, खिमलाल भट्टराई, दधिराम न्यौपाने, बलाराम अधिकारी, नेताहरु गिरिधारीलाल न्यौपाने र यस क्षेत्रमा रहेका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र तीनै जिल्लाका पार्टी पदाधिकारीसमेतको सहभागिता रहेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जनाएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित