दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

रुपन्देही कांग्रेसमा संस्थापनका शाह र इतरका नेता खानबीच मञ्चमै हात हालाहाल

रूपन्देही । रुपन्देहीमा नेपाली कांग्रेस भित्रका दुई समुहहरु बीच मञ्चमै हात हालालहाल भएको छ ।

रुपन्देही क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका भरत कुमार शाह र सोही निर्वाचन क्षेत्रका पुर्व प्रदेश सभा सदस्य समेत रहेका नेता फकरुद्दिन खान बीच एक आपसमा हात हालाहाल भएको हो ।

रुपन्देहीको क्षेत्र नं. ५ मा आन्तरिक विशेष अभियान अन्तर्गतको कार्यक्रममा भरत कुमार शाहले बोल्ने क्रममा खानमाथी उपमानित व्यवहार गरेपछि मञ्चमै हात हालाहालको स्थिती सिर्जना भएको हो ।

भरत कुमार शाहले बोल्ने क्रममा कांग्रेसका महासमिति सदस्य रहेका फकरुद्दिन खानप्रति लक्षित गर्दै तपाई जस्ता मान्छे कांग्रेसमा धेरै आए भनेपछि मन्चमै रहेका खानले उठेर प्रतिवाद गरेका थिए।

त्यसपछि भने अन्य कार्यकर्ताहरु मञ्चमा पुगेका थिए ।

खान हालै मात्र संस्थपन समूह बाट अहिले इतर समूहमा लागेका व्यक्ति हुन । अघिल्लो प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक समेत भएका खान अहिले भने प्रदेश सभाको निर्वाचनमा पराजित भएका थिए । भरत कुमार शाह पनि एमालेका बासुदेव घिमिरे संग पराजित भएका थिए ।
दुई समुह बीच हात हालहाल भएपछि यति बेला रुपन्देही कांग्रेसको विवाद सतहमा आएको छ ।

कांग्रेस महासमिति सदस्य फखरुद्दिन खान केही असमझदारीका कारण घटना घटेको र आन्तरिक घटना भएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित