काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

३.९६ जिपिए सहित अक्सफोर्ड माविले ल्यायो उत्कृष्ट नतिजा

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा आज सार्वजनिक गरे सङ्गै बुटवलको अक्सफोर्ड माविले उत्कृष्टता हासिल गरेको छ ।

विज्ञान ,व्यवस्थापन, तथा शिक्षाशास्त्र संकायमा गरी कुल ८११ जना विद्यार्थीहरू परीक्षामा सहभागी भएकोमा एक सय बिस विद्यार्थीले ए प्लस ल्याएका छन् ।

विज्ञान संकाय अध्ययन गर्ने दिया भुसालले ३.९६ जिपिए ल्याएर उत्कृष्ट बनेकी छिन् ।

त्यस्तै व्यवस्थापन संकायका सुमित पोखेलले ३.९० जिपिए अङ्‌क ल्याएका छन् भने सागर सिङ्‌ले ३.८५, अभियान रेग्मी ३.८२ जिपिए युवराज भण्डारीले ३.८१ जिपिए प्राप्त गरेकाे विद्यालयका प्राचार्य दिनेश भुसालले बताए।

विगत बर्षहरूमा पनि उत्कृष्ट नतिजा ल्याएको अक्सफोर्डले अहिले पनि उत्कृष्टता हासिल गर्न सफल भएको प्राध्यापक सुमन भुसालले बताए।

अक्सफोर्ड मावि बाट यस बर्षको नतिजामा ८६ प्रतिशत उत्कृष्ट रिजल्ट ल्याउन सफल भएको हुँदा सम्भवत अक्सफोर्डकाे नतिजा देशकै उत्कृष्ट भएकोमा विद्यार्थी ,अभिभावक ,प्राध्यापक तथा कर्मचारीलाई धन्यवाद ब्यक्त गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित