लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

लुुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं खोल्ने निर्णयको सर्वत्र आलोचना

 

बुटवल : लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौंमा राख्ने निर्णय गरेसँगै यसको चौतर्फी आलोचना भएको छ।

लुम्बिनीमा उनको अध्यक्षतामा बसेको बैठकले सम्पर्क कार्यालय काठमाडौंमा राख्ने निर्णय गरेपछि आलोचना सुरु भएको हो।

विगतमा पनि लुम्बिनीको सम्पर्क कार्यालय काठमाडौंमा राखिएको थियो। त्यो बेला लुम्बिनीको पहुँच काठमाडौंमा केन्द्रित भएको आलोचनापछि त्यहाँबाट सम्पर्क कार्यालय हटाइएको थियो। तर लामाले फेरि पुरानो निर्णयलाई उल्टाएपछि अहिले उनको निर्णय आलोचित बनेको हो।

लुम्बिनी विकास कोषका उपाध्यक्षमा उनी स्वयंको नियुक्तिको विषयमा पनि आलोचना भइरहेका बेला उनको पहिलो निर्णय समेत आलोचित भएको छ।

लुम्बिनीमा पदभार ग्रहण गर्ने समयमा लुम्बिनीको हित विपरीत काम नगर्ने प्रतिबद्धता जनाएका लामाले पहिलो निर्णयमै आलोचित बन्नु परेको छ।

बैठकमा उपाध्यक्ष लामाले मायादेवी मन्दिरको जीर्णोद्धारका लागि व्यक्तिगत ७ करोड सहयोग गर्ने लोकप्रिय निर्णय समेत गरेका छन्। तर ७ करोड सहयोग दिएर लुम्बिनीलाई काठमाडौंमा लैजाने प्रयास गरेको भनेर सामाजिक सञ्जालमा उनको चर्को विरोध भएको छ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले ‘सात करोडमा लुम्बिनी सार्ने?’ भन्दै सामाजिक सञ्जालमा प्रश्न गरेका छन्।

लुम्बिनी बचाउ संघर्ष समितिका अध्यक्ष रामविकास चौधरीले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौंमा स्थापित गर्ने भनी गरेको निर्णय प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताए।

‘पहिलैदेखि विवादित छवि भएका नवनियुक्त उपाध्यक्ष लामाले लुम्बिनी प्रवेससँगै गरेको पहिलो निर्णय हामी लुम्बिनीबासीलाई मान्य छैन,’ उनले भने।

लामाको यो निर्णयमा कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य तथा योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले समर्थन जनाउँदै हस्ताक्षर गरेका छन्।

वैदेशिक रोजगार, हतियार, अकुत सम्पत्ति आर्जन, दोहोरो नागरिकता, राहदानी लगायतका अभियोगमा पक्राउ पर्दै छुट्दै आएका पूर्वसांसद लामालाई कोषको उपाध्यक्ष भएपछि आलोचना रहित काम गर्ने अपेक्षा गरिए पनि उनको पहिलो निर्णय नै विवादित हुन पुगेको छ।

यसैबिच लुम्बिनी होटल संघले पनि सम्पर्क कार्यालय लैजाने प्रस्तावमा विमती जनाएको । संघका अध्यक्ष गोविन्द ज्ञवालीले एक विज्ञप्ति प्रकाशित गरी निर्णय सच्चाउन माग गरेका छन् ।

“बिगत केही बर्षअघि सम्म पनि लुम्बिनीले भोगेको नियती काठमाडौँमा कोषको सम्पर्क कार्यालयको नाममा मुख्य कार्यालयको काम गर्ने, हरेक साना साना बैठक र निर्णय उतै हुने, कार्वान्वयन लुम्बिनीमा हुँदा मात्र निर्णय थाहा पाउने, स्थानीय जनता पर्यटन ब्यबसायीहरुले उपाध्यक्ष समेत नचिन्ने, स्थानीयको गुनासो पिर र सुझाव समेत कुण्ठित हुने याबत समस्याहरबाट बल्ल तल्ल त्राण पाएको अबस्थामा फेरि नयाँ जिम्मेवारी साथ आएका श्रद्देय उपाध्यक्षको गलत निर्णयले इतिहास दोहोरिने देखिँदै छ”, विज्ञप्तिमा भनिएको छ ।

उनले निर्णय सच्च्याइ समग्र लुम्बिनीको बिकासमा हातेमालो गर्न गराउन लुम्बिनीका होटल तथा पर्यटन व्यवसायीहरुका तर्फबाट जोडदार माग गरेकाे बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित