काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलियाे (ग्राफिक्स सहित)

बुटवल । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा डेंगु भाइरसको संक्रमण फैलिएको छ ।

प्युठानमा हालै मात्र डेंगु संक्रमण देखिए संगै प्रदेशका १२ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा आठ महिनाको अवधिमा २१९ जनामा डेंगु संक्रमण देखिएको छ । अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा यो संख्या कम हो ।

महाशाखाका अनुसार साउन २४ गते सम्म सवैभन्दा बढि कोशी प्रदेशमा डेंगुको संक्रमण छ ।

त्यहाँ ८ हजार ४२० जनामा डेंगु संक्रमण देखिएको छ । बागमती प्रदेशमा १ हजार ५४७, गण्डकीमा ४८१, सुदुरपश्चिममा ४०४ जनामा डेंगु संक्रमण देखिएको छ ।

त्यस्तै मधेश प्रदेशमा ५८ र कर्णाली प्रदेशमा जम्मा २८ जनामा डेंगु संक्रमण देखिएको महाशाखाले जनाएको छ ।

सवैभन्दा धेरै पाल्पामा ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा ५०, बांकेमा २६, दाङमा ३३, अर्घाखांचीमा २०, बर्दियामा १७, कपिलबस्तुमा ८, गुल्मीमा ५ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी रुकुम पुर्वमा ३, नवलपरासी पश्चिममा ३ तथा रोल्पा र प्युठानमा १÷१ जनामा डेंगु संक्रमण भएको तथ्याङक छ ।

लुम्बिनी प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टांगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन र घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

यस्तै, सम्भव भएसम्म लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपन्छी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाडामा पानी जम्न नदिने आग्रह गरेको छ । प्रदेशका अधिकांश जिल्लामा संक्रमण देखिएको हो ।

केही जिल्लाहरुमा विरामी अस्पताल भर्ना भएका छन भने कतिपय घरमै उपचाररत छन । नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेंगु देखिएको थियो । त्यसयता वर्सेनि संक्रमण बढ्दो छ ।

डेंगु एक प्रकारको ज्वरो हो । यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ ।

यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यस्ले फुल पार्दछ ।

सहरी क्षेत्रमा यस्ता वस्तुहरू पर्याप्त मात्रामा हुने भएकाले पनि यो लामखुट्टे सहरमा बढी देखिएको डा. नन्दु पाठकले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित