श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

यस्तो छ, लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएका डा. लामाको विवादित छवि

बन मुद्दा, वैदेशिक रोजगार ठगी, अवैध हतियार, अकुत सम्पत्ति र दोहोरो नागरिकता। सरकारले हालै लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको ल्यारक्याल लामाको योग्यता हो यो।

सिन्धुपाल्चोक हेलम्बुबाट नेपाली नागरिकता लिएका उनको नागरिकता नै विवादित छ। पटक- पटक गम्भीर अपराधमा मुछिँदै आएका उनी पर्यटन तथा संस्कृति मन्त्रालयको सिफारिसमा विकास कोषको उपाध्यक्षमा नियुक्त भए।

२०७२ फागुन ३० गते प्रहरीले नेपाल इन्भेष्टमेन्ट बैङ्कमा रहेको उनको निजी लकर खोल्दा १४ वटा गोली फेला परेको थियो।

अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा ल्यार्क्यालको लकर खुलेपछि खोल्दा गोली फेला परेको थियो।

उनीमाथि आयोगले २०७३ मा भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै विशेष अदालतमा मुद्दा समेत दायर भयो। विशेष अदालतबाट  सफाइ त पाए नै अख्तियार सर्वोच्चमा पुनरावेदनमा समेत गएन।

विदेश पठाइदिन्छु भनी ठगी, पक्राउपछि ३० लाख धरौटी बुझाएर रिहा 

२०७२ सालमै वैदेशिक रोजगारीमा ठगीको आरोपमा उनी पुनः पक्राउ परे। पक्राउ परेलगत्तै ३० लाख धरौटी बुझाएर रिहा भए। उक्त प्रकरणमा उनी २०७२ चैत १० गते धरौटीमा रिहा भएका थिए। लामालाई विभागका अधिकारीले बयान लिए, अनि दुई दिनमै माथिल्लो आदेश भनेर हाजिर हुनेगरी धरौटीमा छाडियो।

वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगारसम्बन्धी कसुर गरेको  ठहर भएमा डेढ गुणासम्म क्षतिपूर्ति र सात वर्षसम्म कैद हुने व्यवस्था छ। तर उनीमाथि मुद्दा नै चलाइएन।   उनैलाई माओवादीले गौतम बुद्धको जन्मस्थलको संरक्षण गर्ने जिम्मा दिएको छ।

उच्चस्तरीय छानबिन आयोग बन्यो, तर कारवाही भएन
राज्यमन्त्रीबाट राजीनामा दिएपछि उनीमाथि छानबिन गर्न न्यायिक आयोग नै गठन भएको थियो।  पुनरावेदन अदालतका पूर्वन्यायाधीश भोलाप्रसाद खरेलको नेतृत्वमा उक्त समितिले प्रतिवेदन पनि दिएको थियो। उक्त प्रतिवेदन गृह र प्रधानमन्त्री कार्यालयबाटै गायब पारियो। र हालसम्म सार्वजनिक गरिएकाे छैन।

त्यतिखेर उनले नेपालबाट दुईवटा नागरकिता, भारतबाट रासनकार्ड र राहदानी तथा तिब्बती शरणार्थीको परिचयपत्र लिएको आशंकामा छानबिन सुरु भएको थियो।

बौद्ध धर्मगुरु दलाई लामाका विशेष दूत लोङ्गी ग्यारी र हलिउड अभिनेता रचिर्ड गेरसँग पनि लामाको बाक्लो सम्पर्क रहेको उक्त प्रतिवेदनमा भनिएको थियो।ल्यार

क्याल भन्छन् : म कहिल्यै विवादास्पद भइनँ, फसाउने प्रयास भए

आफू सदस्य सचिव भएको कुरा लामाले पुष्टि गरेका छन्। उनले आइतबार आफूले पत्र बुझेको र अब लुम्बिनीलाई बुद्धको पवित्र स्थल बनाउने कार्यमा लाग्ने बताए।  ‘तपाईं त विवास्पद पात्र भनी आलोचना भइरहेको छ नि ?’ भन्ने प्रश्नमा उनले आफू कहिल्यै विवादमा नमुछिएको बताए। आफूलाई बदनाम गराउनेहरुले त्यसो भनेको भन्दै उनी पन्छिए। आफू कहिल्यै विवादास्पद नभएको र फसाउने प्रयास धेरै पटक भएको उनले दावी गरे।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित