जेनजी प्रदर्शन : खरानी भयो तिलोत्तमामा रहेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, सयौँ युवाको रोजगारी संकटमा जेनजी प्रदर्शनमा मृत्यु हुने संख्या ३४ पुग्यो रुपन्देहीमा आगजनी र तोडफोड, विमानस्थलदेखि नेताका घरसम्म लक्षित प्राचार्य नरेन्द्रका एक्ला छोरा सुलभमानको जेनजी आन्दोलनमा निधन बुटवलका सम्पूर्ण विद्यालय आज बन्द बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने                
समाचार :

तिलोत्तमामा लम्पी स्किन विरूद्वको खोप अभियान शुरू, खोप लगाउन २० लाख बजेट विनियोजन

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पशुमालाई लम्पी स्किनविरुद्धको खोप लगाउन शुरू गरिएको छ ।

​ तिलोत्तमा नगरपालिकाले आइतवारदेखि नगरपालिका भित्र किसानले पालेका गाई भैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाउन शुरू गरेको हो।

पशुमा लगाइने लम्पी स्किनविरुद्धको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले किसानको पशुधन सुरक्षाको लागि नगरपालिकाले नीति कार्यक्रममै सम्बोधन गरेर बजेटको समेत व्यवस्था गरी नगरपालिका भित्र रहेका सबै पशुमा खोप लगाउन लागिएको बताए ।

उनले पशुधनमा हुने क्षतिले किसानलाई मात्रै नभएर राष्ट्रिय उत्पादनमा समेत असर गर्ने भन्दै रोगबाट बचाउनको लागि आफ्ना पशुमा खोप लगाएर सहयोग गर्न आग्रह गरे ।

नगरपालिकाले नगरसभाबाट लम्पी स्किनविरुद्धको खोप लगाउनको लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको पनि उनले जानकारी गराए ।

त्यस्तै उपप्रमुख जागेश्वरीदेवी चौधरीले किसानको पशुधनको सुरक्षा गर्ने नगरपालिकाको दायित्व भएको र सोहीअनुसार खोप लगाउन शुरू गरिएको बताइन् । उनका अनुसार पहिले किसानका पशुमा लगाइने छ भने त्यसपछि छाडा पशुमा पनि लगाइने छ ।

नगरपालिकाभित्र हाल ५ हजार २ सयको हाराहारीमा गाई भैँसी रहेका छन् ।

त्यसमध्ये करिब १ हजार २ सय पशुमा लम्पी स्किन संक्रमण भेटिएको र त्यसमध्ये पनि ८४ वटा पशु (गाई) मरिसकेको तिलोत्तमा नगरपालिका पशु शाखा प्रमुख पशु चिकित्सक उर्जा देवकोटाले जानकारी दिईन।

सो भ्याक्सिन कार्यक्रमको संचालन पशु शाखा इन्चार्ज राजु कुँवर मगरले गरेका थिए। पशुमा हुने लम्पी स्किनको संक्रमण देशभर फैलिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित