प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

लुम्बिनी विकास कोषको उपाध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य डा. ल्हारक्याल लामा नियुक्त

लुम्बिनी विकास कोषको कार्यकारी उपाध्यक्षमा पूर्वराज्यमन्त्री तथा बुद्धिजममा विद्यावारिधि गरेका डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को बैठकले दुवै संविधानसभाको सदस्यसमेत रहेका डा. लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरको हो ।

यसअघिका उपाध्यक्ष अवदेश त्रिपाठीको सात वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको उपाध्यक्षमा बौद्ध धर्मका गुरुलाई नियुक्त गरिएको एक मन्त्रीले बताए । विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका केन्द्रीय सचिवसमेत रहेका डा.लामालाई पाँच वर्षका लागि नियुक्त गरिएको हो ।

डा.लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित