श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

रोटरीले स्थापना गरेका प्रोजेक्ट नियमित सञ्चालनमा जोड

बुटवल । रोटरी क्लव अफ बुटवलको १४ सय ७४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकको एजेण्डा बिजनेश रहेको थियो । बैठकका अध्यक्ष मधुप्रकाश अर्यालले बिजनेश एजेण्डा अन्तर्गत बैठकमा क्लवले यसवर्षका लागि अगाडि सारेका प्रोजेक्ट र चालु अवस्थामा रहेका प्रोजेक्टका बारेमा बैठकमा छलफल भएको जानकारी दिए ।

बैठकमा प्रेसिडेन्ट काउन्सीलका अध्यक्ष बाबुकाजी शाक्यले रोटरी क्लवले प्रोजेक्ट स्थापना मात्र होइन, यसको नियमित सञ्चालन र रेखदेखमा ध्यान दिनुपर्ने बताए । क्लवको नियमित अनुगमन र रेखदेख नहुँदा अक्सिजन प्लान्ट लगायत कतिपय स्थापना भएका प्रोजेक्ट सञ्चालनबिहीन अवस्थामा पुगेको भन्दै उनले यसप्रति सबै रोटरीयनहरु गम्भीर र संवेदनशील बन्नुपर्ने बताए ।

क्लवका पुर्व अध्यक्ष हरिप्रसाद पौडेलले प्रोजेक्ट स्थापना र यसको निरन्तर सफलताले मात्र रोटरी पनि सफल हुने भन्दै यसका लागि सामूहिक पहलकदमी आवश्यक रहेको बताए । क्लवका कोषाध्यक्ष लेखनाथ भुसालले क्लवमा नयाँ आउने सदस्यका लागि रोटरी के हो, यसको उद्देश्य के हो, रोटरीले के काम गर्छ भन्ने विषयमा जानकारी गराउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।

बैठकमा अन्य रोटरीयनहरु मणिरत्न पाण्डे, दिवाकर घिमिरे, वसन्त थापा, यदुनाथ पाण्डेलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । बैठकमा क्लवका कार्यवाहक सचिव गोपालप्रसाद अधिकारीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित