रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे                
समाचार :

सुनकाण्ड छानबिन माग गर्दै बुटवलमा टर्च जुलुस

सुनकाण्डको स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै अनेरास्ववियु आबद्ध विद्यार्थीहरुले बुधबार बुटवलमा टर्च जुलुस निकालेका छन् । दोषीलाई कारबाहीको माग गर्दै टर्च बालेर विद्यार्थीहरुले बुटवल बहुमुखी क्याम्पसदेखि ट्राफिक चोकसम्म जुलुस गरेका हुन् ।

सहभागीहरुले ‘सुन काण्डका दोषीलाई कारबाही गर’, ‘सुन तस्करमा सहभागीलाई कारबाही गर’ लगायतका विभिन्न प्लेकार्ड बोकेका थिए ।
जुलुसपछि आयोजित कोणसभामा अनेरास्ववियुका केन्द्रीय सदस्य साजन भण्डारी, शेषकान्त पोखरेल, कृष्ण बस्यालले सरकारले आफू निकटका व्यक्तिलाई जोगाउने प्रपन्च गरेको आरोप लगाएका थिए । उनीहरुले प्रधानमन्त्री र गृहमन्त्रीले आफ्ना पार्टीका आरोपितहरुलाई जोगाउन अनेक बहाना गरेको आरोप लगाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित