लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा                
समाचार :

साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बरामद

सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डाले भन्सार छलेर भारतबाट ल्याइएको झन्डै साढे ५ लाख रुपैयाँ मूल्य बराबरका आइफोनका कभर बेवारिसे अवस्थामा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा उक्त गुल्मबाट खटिएको टोलीले भैरहवा नजिकैको ओमसतिया गाउँपालिका–४ बसन्तपुरको बाइपासस्थित एउटा घरको खुल्ला अवस्थामा रहेको सटरमा तीनवटा कार्टुनभित्र लुकाएर राखिएका मोबाइलका कभर बुधबार बरामद गरेको हो ।

गुल्मका अनुसार, बरामद भएका सामग्रीमा ३ सय २५ थान आइफोनको कभर, आइफोनको सुपरग्लास १ हजार थान र आइफोनकै स्मार्ट वाच कभर २७ थान छन् ।

गुल्मका प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण शर्माका अनुसार पक्राउ गर्न गएको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि तस्करले उक्त स्थानमा खुल्ला अवस्थामा रहेको एउटा सटरभित्र ती सामाग्री लुकाएर फरार भएको र बरामद भएका सामाग्री भैरहवा भन्सार कार्यालयमा बुझाइएको बताए ।

उनका अनुसार, बरामद गरिएको ती सामाग्रीको मूल्य ५ लाख ४२ हजार ५ सय रुपैयाँ छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित