लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवलमा डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सुरु

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरेको छ ।

विहिबारदेखि १९ वटै वडामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले जानकारी दिए ।

विद्यालय, संघसंस्था, अस्पतालहरुलाई सचेतना कार्यक्रममा सहभागी गराउंदै डेंगु नियन्त्रणको अभियानमा सहभागी गराईएको छ ।

बुटवलमा डेंगुको संक्रमितको संख्या नबढेको र डेंगुको प्रभाव बढ्न नदिनका लागि सचेतना कार्यक्रम सञ्चालनका लागि खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बुटवल उपमहानगरपालिकाले बताएको छ ।

संक्रमितको तथ्यांक एकीकृत रुपमा संकलन गरी एकद्वार प्रणालीबाट बुटवल उपमहानगरपालिकालाई बुझाउने निर्णय गरिएको उपनिर्देशक पाण्डेले बताए । नीजि क्लिनिकमा जांच गरेर उपचार गराउनेहरुले संख्या उपलब्ध गराउनका लागि बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ ।

रुपन्देहीमा ४६ जना संक्रमित फेला परेको अस्पतालहरुले बताएपनि बुटवलमा अहिलेसम्म संक्रमित फेला नपरेको उपमहानगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलभित्र डेंगु नियन्त्रणका लागि सञ्चालन भएको अभियानलाई निरनतरता दिने बताए । एकसाथ अभियान सञ्चालन गरेर संक्रमण फैलिन नदिनतर्फ ध्यान नगरवासीलाई आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित