श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

पर्यापर्यटन र सामाजिक विकासमा चारपाला वन

बुटवल। चारपाला सामुदायिक वन उपभोक्ता समूह बुटवल–१२ तामनगर पर्यापयटन र सामाजिक विकासमा काम गर्दै आएको छ ।

वनको संरक्षण, प्रवद्र्धनसँगै पर्यापयटनको क्षेत्रमा काम गर्दै अघि बढेको हो । वनको बिहीबार बुटवल–१२ स्थित मिलनपार्कमा आकर्षक पानीको फोहोरा निर्माण गरी हस्तान्तरण गरेको छ ।

५ लाख रुपैयाँको लगानीमा पार्कलाई थप आकर्षक बनाउन टेवा पुगोस भनेर पानीको फोहोरा निर्माण गरी हस्तान्तरण गरिएको वनका अध्यक्ष जगतनाथ शर्माले जानकारी दिए ।

वन हुँदै तिनाउ गाउँपालिका जाने बाटोका विभिन्न ठाउँमा पिकनिक स्पोर्टर्स क्षेत्रमा ३ वटा सेडहरुमा निर्माण गरिएको छ । यो वर्ष चारपाला वाटिका तथा फलफूल बगान निर्माण अघि बढाइएको छ ।

विभिन्न प्रजातिका फलफूल लगाउन १० हेक्टर क्षेत्र छुटटाइएको छ । वनका विभिन्न क्षेत्रमा मेस जाली सहित तारवार गरिएको छ । वनका विभिन्न ठाउँमा वन संरक्षण सचेतना सामग्री पनि राखिएको वनका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए ।

वनको कार्यालय परिसरमा १५ हजार विरुवा आफै उत्पादन गर्न सक्ने आधुनिक नर्सरी निर्माण गर्न थालिएको छ ।

हालै रेडक्रस सोसाइटी रुपन्देहीलाई प्रिन्ट मेसिन, स्कुललाई डेक्सबेन्च, प्रहरी चौकीको प्रतिक्षालयमा डेक्सबेन्च, शुद्धोधनको मैनहियामामा यात्रु प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष पौडेलले बताए ।

यो वर्ष पर्यापटन र सामाजिक विकासको क्षेत्रमा वनले २५ लाख रुपैयाँभन्दा बढीको काम गरेको अध्यक्ष पौडेलको भनाइ छ । वनका विभिन्न उपसमितिलाई डिभिजन वन कार्यालय भैरहवाको सहयोगमा डाले घासका ५ हजार विरुवा रोपिएको छ । चारपाला नेपालकै ठूलो र संरक्षित वन हो ।

यो वनमा विभिन्न प्रजातिमा जंगली जनावरहरु पाइन्छ । वनको उचित संरक्षण हेर्न अन्य जिल्लाबाट पनि वन समितिहरु चारपालामा आउने गर्छन ।

पानीको फोहोरा उद्घाटन कार्यक्रममा बुटवल १२ का वडा अध्यक्ष डिल्लीप्रसाद शर्मा, वनका उपाध्यक्ष रामकुमारी पौडेल, सचिवदुर्गा पाठक, पार्कका अध्यक्ष हेमराज आचार्य लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित