लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

नवलपरासीमा लम्पी स्किन संक्रमण बढ्दो

गाईवस्तुमा देखापरेको लम्पी स्किन रोगको संक्रमण नवलपरासीमा बढ्दै गएको छ । सबैभन्दा बढी गाईमा रोगको संक्रमण फैलिन थालेको हो । यो रोगबाट जिल्लामा १८ चौपायको मृत्यु भएको छ ।

जसमा १७ वटा गाई र १ भैंसी रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र परासीका प्रमुख श्रवण कुमार चौधरीले जानकारी दिए ।

रोग फैलिएपछि विज्ञ केन्द्रले स्थानीय तहमा रहेका पशुसेवा शाखाबाट चिकित्ससहितको प्रावधिक खटाएर औषधि वितरण र खोप लगाउन सुरु गरेको चौधरीले बताए ।

अहिलेसम्म ४०६ वटा चौपाय संक्रमित भएकाले उनीहरुको उपचार गरिएको छ । रोग संक्रमित देखिएकामा ७ वटा भैसी र बाँकी सबै गाईमा हो । संक्रमणबाट जोगाउन २ हजार ८४५ गाई भैंसीलाई खोप दिइएको कार्यालय प्रमुख चौधरीले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी रामग्राममा १०२ चौपायमा संक्रमण देखिएको छ । रोग नियन्त्रणका लागि ४ हजार डोज खोप आएको छ ।

जसमा पालिकाअनुसार खोप पठाएर उपचार सुरु गरिएको चौधरीले बताए। खोजपड्ताल जारी रहेकाले रोगी पशुको संख्या बढेर १ हजारको हाराहारीमा पुग्न सक्ने विज्ञ केन्द्रका प्रमुख चौधरीको अनुमान छ ।

जिल्लामा व्यवसायीक रुपमा रहेका र घरायसी गाई भैंसीको संख्या १ लाख २० हजारको हाराहारीमा रहेको चौधरीले जानकारी दिए । जसमा गाईको संख्या ७५ हजार र भैंसीको संख्या ४५ हजारको हाराहारीमा रहेको विज्ञ केन्द्रले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित