श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट हजार ६४६ पशुको मृत्यु

बुटवल । लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगबाट ५ हजार बढि पशुको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशको पछुपन्छी निर्देशनालयका अनुसार हाल सम्म प्रदेशमा ५ हजार ६४६ पशुको मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा पहिलो पटक २ साउन ०७७ मा लम्पी स्किन रोगको संक्रमण फेला परेको थियो । हाल सम्म १ लाख ८१ ह्जार ९३५ पशु यो रोगबाट संक्रमणमा परेका छन् ।

निर्देशनालयका निर्देशक डा. परबेज आलमले लुम्बिनी प्रदेशमा लम्पी स्किन रोगका कारण १२ करोड ५० लाख बराबरको पशुमा क्षति भएको बताए । लम्पी स्किन रोग लागेका पशुबाट ५० प्रतिशत सम्म दुध उत्पादनमा कमी हुने भन्दै उनले अहिले प्रदेशमा दैनिक १ करोड ५० लाखको आर्थिक क्षति भइरहेको बताए ।

हाल प्रदेशमा प्रदेश स्तरिय लम्पीरोग नियन्त्रण कार्यदल गठन गरेर रोगको नियन्त्रणको पहल भइरहेको छ । प्रदेशमा अहिले ३० लाख बढिको औषधी तथा खोप खरिद गरी परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।

निर्देशक डा. आलम

हाल सम्म ३८ हजार ७९३ खोप तथा १ लाख २ हजार ४७६ पशुको उपचार गरिएको र त्यसका लागि ६३८ जनशक्ति परिचालन गरिएको बताइएको छ । स्थानिय तहबाट पनि लम्पी स्किन रोगको खोप लगाउने कार्य भइरहेको छ । यो रोगबाट प्रदेशमा २३ हजार ९२७ पशु निको भएको छन । अहिले प्रदेश सरकारले आकस्मिक कोषको बजेटले खोप खरिद गरेर जिल्ला जिल्लामा पठाइएको छ ।

निर्देशनालयका अनुसार आकस्मिक खोपका लागि ३९ लाख, खोप खरिदका लागि ५३ लाख, लजिष्टिकका लागि ३५ लाख १ करोड २७ लाख र थप नियन्त्रणका लागि २ करोड ८३ लाख बराबरको कार्ययोजना बनाई बजेट माग गरेको निर्देशनलयका निर्देशक आलमले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित