काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी                
समाचार :

शाइन रेसुंगा बैंकले एक हजार बिरुवा रोप्दै

बुटवल । शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि.ले चालु आर्थिक वर्षमा एक हजार विरुवा रोप्दैछ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यावरण संरक्षणको लागि ‘शाइन ग्रो ग्रिन प्रोजेक्ट २०८०’ देशव्यापी संचालन गरिरहेको छ ।

जस अनुसार यो वर्ष एक हजार बिरुवा रोप्न लागेको हो । गत वर्ष बैंकको १४ औं वार्षिकोत्सव पारेर बैंकले १४ हजार विरुवा रोपेको थियो ।

यो वर्ष बैंक १५औं वर्षमा यात्रा गरेकाले देशभरका ११ वटा क्लष्टरमार्फत एक हजार विरुवा रोपेर १५ हजार पु¥याउने कार्यक्रम तय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

‘शाइन ग्रो ग्रिन प्रोजेक्ट’ अन्तर्गत शाइन रेसुंगा डेभलपमेण्ट बैंक लि. मिड सेन्ट्रल सब क्लस्टर मंगलापुरले तिलोत्तमाको गौतमबुद्ध मा.बि. केवलानीमा बृक्षारोपण गरेको छ ।

बैंकले विद्यालय परिसरमा स्वामी, धुपी, गुल्मोहर, अशोका, कल्की प्रजातिका ८० बढी बिरुवाहरु रोपेको कलस्टर हेड विष्णु थापाले जानकारी गराए ।

उक्त कार्यक्रममा विद्यालयका प्राचार्य मृगेन्द्र रिजालले वातावरण संरक्षण निकै ठूलो चुनौति बन्दै गएको परिस्थितिमा शाइन रेसुंगा डेभलपमेण्ट बैंकले बृक्षारोपणलाई निरन्तरता दिएर वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरेको भन्दै रोपेको विरुवा संरक्षणमा बैंक र विद्यालयले समेत ध्यान दिनुपर्ने बताए ।

उनले आगामी दिनमा थप नविनतम कार्यहरु गर्दै जान बैंकलाई सुझाव दिए ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक बुटवलमा केन्द्रीय कार्यालय रहेको लुम्बिनी प्रदेशको एक मात्र राष्ट्रिय स्तरको विकास बैंक हो ।

५ अर्ब अधिकृत पुंजी र ४ अर्ब २८ करोड चुक्ता पुंजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

 

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित