प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

लुम्बिनीमा मातृ मृत्युदर उच्च (ग्राफिक्स सहित)

लुम्बिनी प्रदेश मातृ मृत्यु दरमा सबैभन्दा अगाडि रहेको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । गर्भवती र सुत्केरीपश्चात् आमाहरूको मृत्यु हुने संख्या बढेपछि स्वास्थ्य चुनौती थपिएको हो ।

तीन तहका सरकारले मातृ मृत्युदरमा कमी ल्याउनको लागि विभिन्न कार्यक्रम लागू गरे पनि मातृ मृत्युदरमा कमी आउन नसकेपछि स्वास्थ्य सुधारको क्षेत्रमा काम गर्नेहरूलाई चिन्तित बनाएको छ ।

सरकारी तथ्यांकअनुसार १० महिनामा देशमा सबैभन्दा बढी प्रति १ हजार जना सुत्केरी हुने र गर्भवती आमाहरूमा लुम्बिनी प्रदेशमा २ सय ७ जनाले ज्यान गुमाएका हुन्  । निजी स्वास्थ्य संस्थाहरूमा गराइने उपचार र त्यहाँ भएको जन्म र मृत्युदर यसमा समावेश नै छैन । सरकारीमा भन्दा निजीमा दोब्बर संख्यामा यस्तो तथ्यांक रहेपनि नियामक निकायले संकलन गर्न नसकेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सतिश रूपाखेती बताउँछन् ।

नेपालभरमा प्रतिहजार जना सुत्केरी÷गर्भवती आमाहरूमा जम्मा १ सय ५१ जनाको मृत्यु भएकोमा लुम्बिनी प्रदेशमा प्रति हजारमा २ सय ७ जना आमाहरूको मृत्यु हुने गरेको हो । सबैभन्दा कम बागमती प्रदेशमा ९८ जना मातृ मृत्युदर रहेको छ भने सुदूरपश्चिममा १ सय ३० जना, कर्णालीमा १ सय ७२ जना, गण्डकीमा १ सय ६१ जना, मधेसमा १ सय ४० जना, कोशीमा १ सय ५७ जना आमाहरू प्रतिहजार जनामा मृत्युको सिकार भइरहेका छन् ।

सरकारले मातृ मृत्युदर कमी ल्याउनको लागि विभिन्न कार्यक्रम ल्याए पनि मातृ मृत्युदरमा कमी आउन सकेको छैन ।

स्वास्थ्य कार्यालय रूपन्देहीका सूचना अधिकृत भेषराज शर्माका अनुसार केही समय पहिला मात्रै सार्वजनिक भएको तथ्यांकअनुसार १० महिनामा प्रतिहजार गर्भवती/सुत्केरी आमामा २ सय ७ जनाको मृत्यु भएको हो ।

सरकारी तथ्यांकले नै मातृ मृत्युदर उच्च देखाएपछि प्रदेशका १ सय ९ वटा पालिकाको सरकारमाथि प्रश्न चिन्ह खडा गरेको छ । सरकारले नै मातृ मृत्युदर, मातृ शिशु मृत्युदर घटाउनको लागि आमा सुरक्षा कार्यक्रम, उप प्रमुख आमा सुरक्षा कार्यक्रम लगायतका कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावहीन देखिएका हुन् । गर्भवती अवस्थामा यथेष्ट मात्रामा स्वास्थ्य उपचार, स्वास्थ्य स्याहार नपुगेको कारण महिलाहरूको मृत्यु अकालमा नै हुने गरेको सरकारी तथ्यांक रहेको छ ।

अधिकृत भेष राज शर्मा भन्छन्–‘समस्या विकराल अवस्था नै छ, पहिलाको भन्दा केही सुधार भएको छ, तर यसमा पालिका स्तरबाट नै सुधार हुन जरुरी छ । ’ सरकारले यसको लागि सुत्केरी हुनभन्दा पहिला पेटमा गर्भावस्था भएको समयमा अनिवार्य रूपमा ४ पटकसम्म चेकजाँच गर्ने नियम ल्याए पनि त्यसको समेत पूर्ण पालन हुन सकेको छैन ।

सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार सुत्केरी भएपछि कम्तीमा पनि ३ पटक आमा र बच्चाको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । तर यसको पूर्णरूपमा पालन गर्ने सुत्केरी आमाहरू जम्मा ७९ प्रतिशत मात्रै रहेका छन् । अन्य २१ प्रतिशत आमाहरू सुत्केरीपश्चात् अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाने गरेको पाइएको छैन ।

सुत्केरी भएको ४२ सम्ममा अनिवार्य रूपमा ३ पटक सुत्केरी महिला र बच्चाको स्वास्थ्य परीक्षण गराउनुपर्ने हुन्छ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सतिश रूपाखेतीका अनुसार महिलाको मृत्यु गर्भवती अवस्थामा, सुत्केरी हुने अवस्था र सुत्केरीपछि ४२ दिन भित्रमा हुने गरेको पाइने बताउँछन् । उनले गर्भावस्थालाई सामान्य रूपमा लिएर, नियमित रूपमा औषधी सेवनदेखि लिएर, चेकजाँच नगर्ने परिपाटीको कारण महिलाको मृत्यु हुने गरेको हो ।

लुम्बिनी प्रदेशमा ३ वर्षमा गर्भपतन गराउने महिलाहरूको संख्या समेत बढ्दै गएको छ । रुपन्देही जिल्लामा सरकारी क्षेत्रमा सुरक्षित गर्भपतन गराउने संस्था जम्मा २९ वटा रहेका छन् । तर अवैध रूपमा गर्भपतन गराउनेको संख्या समेत बढिरहेको छ ।

सरकारी तथ्यांक अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा लुम्बिनी प्रदेशमा कुल १७ हजार ४ सय ९७ जनाले गर्भपतन गराएका थिए । यस्तै ७८÷७९ मा कुल १८ हजार ४ सय १५ जनाले र चालु आर्थिक आर्थिक वर्ष २०७९÷८० को १० महिनामा कुल १४ हजार ३ सय २० जनाले गर्भपतन गराएका पाइएको छ ।

ओएनएमएस सर्वेक्षण अनुसार गत आर्थिक वर्ष २०७९÷८० का कुल गर्भपतन गराएका महिलामध्ये २० प्रतिशत लुम्बिनी प्रदेशका मात्रै रहेका छन् । यसबाट के थाहा हुन्छ भने लुम्बिनी प्रदेशमा गर्भपतन गराउने महिला÷किशोरीहरूको संख्या समेत बढी छ ।

प्रदेशमा कुल गर्भपतन गराउने महिलाहरू मध्येमा ६ प्रतिशतभन्दा बढी २० वर्ष भन्दा कम उमेरका रहेका छन् । अघिल्लो आर्थिक वर्षमा २५ प्रतिशत रहेका थिए ।
रुपन्देही जिल्लामा सबैभन्दा बढी सुरक्षित गर्भपतन गराउनेमा महिलाहरू बुटवल उपमहानगरपालिकाका रहेका छन् । २०७९÷८० मा जिल्लाभरमा कुल ३ हजार २ सय ९९ जनाले गर्भपतन गराएकोमा बुटवल उपमहानगरपालिकामा कुल १४ सय १४ जना रहेका छन् । यसपछि सिद्धार्थनगरमा १ हजार १७ जना रहेका हुन् । अन्य पालिकामा गर्भपतन अनुपातमा निकै कम रहेको छ ।

गत ३ वर्षअघि ३ हजार ५ सय ५३ जना, अघिल्लो वर्ष ४ हजार ९ सय ३ जना र यो वर्ष ३ हजार २ सय ९९ जनाले सुरक्षित गर्भपतन गराएका हुन् ।

आर्थिक वर्ष २०७७÷७८ मा कुल १ सय ९९ जना २० वर्षभन्दा कम उमेरका महिलाले गर्भपतन गराएको सरकारी तथ्यांक छ भने आर्थिक वर्ष २०७८÷७९ मा कुल ५ सय ३६ जना २० वर्षभन्दा कम उमेरकाले गर्भपतन गराएका छन् । २०७९÷८० को तथ्यांकमा १ सय २९ जना २० वर्ष नपुगेका किशोरीहरूले गर्भपतन गराएका हुन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित