
बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ ।
बुटवल मजुवास्थित तिनाउ नदिको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एकजना पुरूषलाई नगर प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको छ । बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई पनि स्थानीयले उद्वार गरेका छन् ।
यता बुटवल उपमहानगरले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाईएको जनाएको छ । नदि किनार क्षेत्रमा नगरप्रहरीले माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले बताए।