
बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधन भएको छ । ८३ वर्षीय खनालको बुटवलको तिनाउ अस्पतालमा उपचारका क्रममा आइतबार बिहान साढे २ बजे निधन भएको हो ।
बुटवल उपमहानगरपालिकाका पूर्व उपप्रमुख रामप्रसाद खनालको निधनमा बुटवल उपमहानगरपालिकाले आईतबार अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको छ।
आईतबार दिउँसो शोक सभा गर्दै बुटवल उपमहानगरपालिकाले आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरि शोक व्यक्त गरेको हो।
शोकसभाका क्रममा नगरप्रमुख खेलराज पाण्डेयले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक सादगी नेता गुमाएको भन्दै दुख व्यक्त गरे ।
उनले खनालको निधनमा शोक व्यक्त गर्दै आईतबार दिउँसो १ बजेदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए ।
उपप्रमुख सावित्रादेवी अर्यालले पूर्व उपप्रमुख खनालको निधनले बुटवलले एक ईमान्दार र त्यागी नेता गुमाएको भन्दै दुख व्यक्त गरिन ।
खनाल २०४९ सालदेखि २०५३ सम्म तत्कालीन बुटवल नगरपालिकाको उपप्रमुख बन्नुभएको थियो। शालिन नेताका रुपमा रहनुभएका खनालले लामो समय नेपाली कांग्रेसको बुटवल नगर सभापति सम्मालेका थिए ।