आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार रुपन्देहीमा शान्तिपूर्ण मतदान (तस्बिरहरू) विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे रुपन्देही–२ लाई आर्थिक केन्द्र बनाउने लक्ष्यसहित चुनावी मैदानमा चुन्नप्रसाद शर्मा पूर्वाधारदेखि आईटी हबसम्म : रूपन्देहीका लागि पौडेलको नयाँ खाका रुपन्देही–२ मा जनताको संसद् बनाउने वाचा लिएर चुनावी मैदानमा विश्वदीप पाण्डे  उद्योग, समाजसेवा र राजनीतिलाई जोड्दै : बुटवलका उद्योगी एजाज आलम को हुन् ? संघर्षबाट सम्भावनासम्म : विश्वदीप पाण्डेको राजनीतिक यात्राको नयाँ अध्याय इन्टलेक्च्युअलका विद्यार्थीको जिज्ञासा र न्यायाधिवक्ताको जवाफ: ‘भोलिका नेता’का लागि विधिको शासनको पाठ सुप्रिम सहकारी पीडितको व्यथा: रकम फिर्ता मागे रास्वपाबाट बहिस्कारमा पर्ने डर                
समाचार :

एमाले लुम्बिनीको पहिलो अधिवेशन भदौ १६ मा

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको पहिलो अधिवेशन भदौ १६ र १७ गते हुने भएको छ ।

शनिबार बुटवलमा भएको प्रदेश कमिटीको सचिवालय बैठकले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन गर्ने निर्णय भएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले जानकारी दिए ।

बैठकले सदस्यता नवीकरणका लागि यही साउन १२ गतेसम्म सक्ने र त्यसको प्रमाणि प्रतिलिपि केन्द्रमा पठाउने, प्रदेशमा रहेका सबै जनप्रतिनिधिलाई राखेर साउन १३ र १४ गते नेपालगन्जमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने र पार्टीको नियमित प्रशिक्षणका लागि स्कुल संचालन गर्न साउन २२ गतेदेखि २५ गतेसम्म प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय भएको कंडेलले बताए ।

१३ र १४ गते हुने जनप्रतिनिधि प्रशिक्षणमा प्रदेशबाट संघ तथा प्रदेशमा रहेका सांसदहरु, स्थानीय तहमा रहेका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षहरु रहनेछन् ।

प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टी कमिटीलाई चलायमान बनाउन सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएकी थिइन् ।

उनले अहिले बनाएको कार्यतालिका र जिम्मेवारी अनुसार समयमै कार्यसम्पादन गर्न निर्देशन दिएकी छन् ।

बैठकमा प्रदेशबाट केन्द्रीय कमिटीमा रहेका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, १२ वटै जिल्लाका अध्यक्ष तथा इन्चार्जहरु सहभागी रहेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित