बुटवल । दाङ तुलसीपुरमा एक ७३ बर्षिय बृद्धा माथी पार्किङ गरेको बसभित्रै बलत्कार भएको छ । प्रहरीले बलात्कार गरेको आरोपमा २ जनालाई पक्राउ समेत गरेको बताएको छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं- १५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका-७ का २० बर्षीय रेशम बिक रहेका छन् ।
उपचारकालागि भन्दै महिला प्यूठानबाट तुलसीपुर आएकी बृद्धा महिला घर जान भन्दै राति बसपार्क पुगेकी थिइन् ।
सोही क्रममा सहयोग गर्ने बहाना बनाएर दुईजना युवाले बसपार्क भित्र पार्किङ गरि राखेको ना४ख ७८४८ नम्बरको बस भित्र पुर्याइ पालैपालो बलात्कार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।
बलात्कार गरिरहेको अबस्थामा ती महिला कराईरहेको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।










