उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

विदेशी मुद्रा बरामद प्रकरणः गुल्मी धुर्कोटका सन्तोष पन्थी सहित ४ जना पक्राउ

नेपालबाट अन्य मुलुक बाहिरिँदै गरेको ठुलो परिमाणको विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट चार जना पक्राउ परेका छन्।

विमानस्थल प्रहरीले बुधबार राति ११ बजे स्रोत नखुलेको अमेरिकी डलर लगायत अन्य देशका गरि एक करोड बढी बराबरको नेपालीमुद्रासहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बुटवलका अनिस थापा र दिपेश राना, गुल्मी धुर्कोटका सन्तोष पन्थी र सुर्यमणी भण्डारी रहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूको साथबाट ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ५७ ओमान रियाल र ४८८ बहराइन दिनार बरामद गरिएको उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरक्षिक श्याम ज्ञवालीले जानकारी दिए । बरामद गरिएको मुद्रा एक करोड बढी नेपाली रूपैयाँ बराबर हुन आउने एआईजी ज्ञवालीले बताए।

पक्राउ परेको रानालाई सोधपुछ गर्दा बरामद भएका विदेशि मुद्राहरु रानाका दाई तिलोत्तमा ९ का ३८ वर्षिय दिपेश रानाले सम्पर्क गरेका व्यक्तिहरु गुल्मी धुर्कोट ७ का २६ वर्षिय सन्तोष पन्थी, सत्यवती ६ का ३५ वर्षिय सुर्यमणी भण्डारीले दिएको बयान दिएको आधारमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी समक्ष अनिसले आफुलाई छाड्न आएका पन्थीलगायतले आफूलाई दुबईमा भएको साथीलाई पठाएको चाउचाउ हो भनेर दिएकोबाहेक अन्य थाहा नभएको बयान दिएको प्रहरीको भनाई छ ।

प्रहरीले चारै जनालाई पक्राउ गरी गौशाला प्रहरी वृत्तको हिरासतमा राखेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित