श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

तिलोत्तमामा जथाभावी टांगिएका विद्युतीय तार व्यवस्थापन सुरु, मेयर आफै पोलमा चढेर काटे तार

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सडक किनारका विद्युत्‌का पोलमा जथाभावी टांगिएका तार व्यवस्थित बनाउन सुरु गरेको छ ।

नगरप्रमुख रामकृष्ण खाणले आफैले विद्युतको पोलमा चढेर जथाभावी झुण्डाईएका तारलाई हटाएर उक्त कार्यको सुरुआत गरेका हुन्।

बुटवल र तिलोत्तमाको सिमाक्षेत्र योगिकुटी चोकबाट उक्त कार्यको सुरुआत गरिएको नगरपालिकाले जनाएको छ।

नगरप्रमुख खाणले पोलहरुमा जथाभावी टाँगिएका तारहरुले नगरलाई कुरुप बनाएको मात्र नभई आगलागी र दुर्घटनाको जोखिम समेत निम्त्याएकोले तारहरुलाई व्यवस्थीत बनाउन सुरु गरिएको बताए।

‘एउटै पोलमा विद्युतको तारसँगै ईन्टरनेट र केबुलका दर्जनौं कम्पनीका तारहरु जथाभावी टाँगिदा आगलागीका घटना समेत हुने गरेका छन्, पोलमा आगलागी हुँदा नजिकैका घरमा आगलागी हुनसक्ने र विद्युतिय उपकरणहरु सर्ट हुने जोखिम बढिरहेको छ,’ खाणले भने।

नगरका मुख्य चोक, सडक किनार र घर अगाडी नै कुरुप बनाउने गरी टाँगिएका तारहरुलाई हटाउन नगरपालिकाले सरोकारवालालाई आग्रह गरेको थियो। नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तारहरुको व्यवस्थापन हुन नसक्दा नगर नै कुरुप भईरहेको बताईन्।

‘हामीले पटक पटक अनावश्यक तारहरु हटाउन आग्रह गरेका थियौं, अहिले सबैसँग छलफल गरेर व्यवस्थीत गर्न थालिएको हो,’ उनले भनिन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित