श्रम संस्कृति पार्टी रुपन्देहीको अध्यक्षमा छविलाल गुरुङ श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह                
समाचार :

बादर लाई थापेको विधुतीय धरापमा परी पाल्पामा दुई जना घाइते  

तानसेनको बजार क्षेत्रमा बादर प्रवेश गरी मकै तथा खेतीपाती खाने नष्ट गर्ने क्रम बढेपछी कृषकहरुले बाली जोगाउन थापेको विधुतीय धरापमा परी तानसेनमा २ जना घाइते भएका छन ।

तानसेन नगरपालिका वडा नंं ७ लामाडाडाका सोम बहादुर आलेले बादर बाट मकै जोगाउन थापेको विधुतीय धरापमा परी ३१ बर्षिया विजिता आले र ३८ बर्षिया तिलु थापा घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

घाइते दुबै महिलाको लुम्विनी मेडिकल कलेज तानसेनमा उपचार भईरहेको छ ।

घाइतेको अवस्था सुधार हुदै गएको लुम्विनी मेडिकल कलेजले जनाएका छ ।

दुबै जना महिला घर देखी तल घास काट्न जादा बादर लाई थापेको विधुतीय धरापमा परेका हुन । घरधनी आलेले मकैबाली जोगाउन ग्याबिनको नाङ्गो तारमा बिजुलीको करेन्ट छोडेका थिए ।

घाइतेहरु घरधनी सोम आलेका आफन्त रहेका छन ।

पाल्पामा बादर लगायतका जंगली जनावार अत्याधिक बढेको कारण कृषकहरु हैरानीमा परेका छन । सरकारले बादर लगायत बदेल, राते, दुम्सी संरक्षित जनावारमा राखेको कृषकहरुले मार्न पाउदैन बादर लगायत जंगली जनावरको अध्याधिक बृद्धि भएकोले पाल्पाका जुनसुकै स्थानमा कृषकहरु पिडित भएका छन ।

कृषकहरुले बादरकै कारण बसाई सराई गरी खेतवारी बाझो राख्न बाध्य भएका छन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित