प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

सर्वोत्कृष्ट नजिता हासिल गर्दै लुम्बिनी बाणिज्य क्याम्पस

बुटवल । बुटवल देविनगर स्थित लुम्बिनी बाणिज्य क्याम्पसले एकपछि अर्को गर्दै सफलता प्राप्त गरेको छ । शैक्षिक क्षेत्रमा अव्वल मानिएको क्याम्पसले पछिल्ला दिनहरुमा त्रिभुवन विश्वविद्यालयले ल्याउने परीक्षामा सर्वोउत्तृष्ट अंक ल्याउन सफल भएको छ ।

व्यवस्थापन संकायमा विशिष्टकृत विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रमाणित समेत भएको क्याम्पसले हालै सार्वजनिक भएको त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत वि.वि.एम सातौ सेमेष्टरमा त्रिभुवन विश्वविद्यालय तेस्रो भएको छ ।

क्याम्पसका क्याम्पस प्रमुख प्रा. डा. ताराप्रसाद उपाध्यायले वि.वि.एम सातौ सेमेष्टरको परीक्षामा सहभागि भएका ७५ विद्यार्थीहरु मध्ये त्रिभुवन विश्वविद्यालय तेस्रो स्थान हासिल गर्दै ४६ जना विद्यार्थीहरु विशिष्ट श्रेणीसहित सत प्रतिशत विद्यार्थीहरु उत्र्तिण भएको बताए ।

विद्यार्थी सिमल श्रेष्ठले ३ दशमलव ९७ ग्रेड ल्याउँदै त्रिभुवन विश्वविद्यालय तेस्रो स्थान हासिल गरेकी हुन । त्यस्तै रितु चौहानको ३ दशमलव ९५ र कविता बेल्बासेको ३ दशमलव ९६ ग्रेड आएको क्याम्पस प्रमुख उपाध्यायले बताए ।

त्यस्तै वि.वि.एस दोस्रो बर्षको बार्षिक परीक्षामा आयुष्मा रेश्मी मगर त्रिभुवन विश्वविद्यालयमा प्रथम भएकी छन् । उनले ८४ दशमलव ४० प्रतिशत ल्याउँदै प्रथम भएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित