श्रम संस्कृति पार्टीको बुटवलका प्रदेश कार्यालय आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु                
समाचार :

ससुरालीमा लगे सहकारीका अध्यक्षले कालोबजारीमा बेच्न मल

बुटवल । कृषकले अहिले खेतमा धान लगाएका छन् । कतिपयले अझै रोपाई गरिरहेका छन् । रोप्नु अघि र रोपेपछि धानमा मल चाहिन्छ । नेपालमा मल किसानले सहजै पाउँदैनन् । पाएको मलमा पनि ठुलाबढाको रजगज चल्छ ।

सरकारले सहकारी मार्फत अनुदानमा पनि मल वितरण गर्छ । यस्तो अनुदानमा वितरण गरिने मलमा ठुला भनिनेहरुले ‘¥याल’ काढ्छन् ।
यस्तै भएको छ, लुम्बिनी प्रदेशको कपिलबस्तु जिल्ला स्थित शुद्धोधन गाउँपालिकामा ।

शद्धोधन गाउँपालिका–३ लवनीस्थित कृषि सहकारीका लागि कृषि सामग्री केन्द्र तौलिहवाबाट ल्याएको मल सहकारीका अध्यक्षले कालोबजारीमा बेच्न सुसुराली पुराएका छन् ।

ओम कृषि सामग्री केन्द्रका अध्यक्ष भागीरथी यादवले कृषकका लागि अनुदानमा ल्याएको ५४ बोरा मल उनले शुद्धोधन गाउँपालिका–६ स्थित ससुरा बनारसी यादवको घरमा लगेर लुकाएर राखेको तथ्य बाहिर आएको छ ।

ससुरालीमा लुकाएर राखेको मल प्रहरीले अहिले जफत गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले मल लुकाएको सूचना पछि बनारसी यादवको घरबाट मल जफत गरेको बताईन । उनका अनुसार यस बारे थप अनुसन्धान भइरहेको छ ।

बोहोराले कालोबजारीमा बेच्ने नियतले नै मल ससुराली पुराएको हुन सक्ने भन्दै अनुसन्धान गरिरहेको बताईन ।

तर यता अध्यक्ष भागीरथी यादवले भने सहकारीको गोदाममा पानी चुहिने भएकाले ससुरालीमा राख्न लगिएको दाबीगरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित