बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

लुम्बिनी प्रदेशमा २७ जनाको सर्पको टोकाइबाट मृत्यु

बुटवल । ११ महिनाको अवधिमा लुम्बिनी प्रदेशमा २७ जनाको सर्पको टोकाइबाट मृत्यु भएको छ ।

३१७ जनालाई सर्पले टोकेको मध्ये २५ जनाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ । प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा धेरै सर्पको टोकाइबाट मृत्यु रुपन्देहीमा भएको छ ।

रुपन्देहीमा ११ जनाको मृत्यु भएको छ । कपिलबस्तुमा ३ जनाको मृत्यु भएको छ । दाङमा १, बाँकेमा ८, बर्दियामा ३ र नवलपरासीमा १ जनाको मृत्यु भएको छ ।

पहाडी तीन जिल्ला गुल्मी, अर्घाखाँची, रुकुम पूर्व जिल्लामा भने अहिले सम्म सर्पले टोकाइबाट मृत्यु नभएको निर्देशनालय जनाएको छ ।
तथ्याङक अनुसार रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया,बाँकेमा सर्पको टोकाइ उच्च छ ।

जिल्ला रुपन्देहीमा ११३ जनालाई सर्पको टोकेको थियो । यस्तै, कपिलवस्तुमा १५ जना, दाङमा ४२, बाँकेमा ९८, बर्दियामा ८, पाल्पामा ३३ जना, रोल्पामा ७ जना, प्युठानमा १ जनालाई सर्पले टोकेको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका प्राविधिक खिमलाल पाण्डेका अनुसार साउनदेखि जेठ मसान्तसम्म सर्पको टोकाइबाट २७ जनामध्ये १३ जनाको अस्पताल नल्याउँदै बाटोमै मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशमा अहिले १४ वटा सर्प दंश उपचार केन्द्र रहेका छन् ।

३ वटा नेपाली सेना र अन्य स्वास्थ्य मन्त्रालयले आफ्ना अस्पताललाई सर्प दंशको उपचारको केन्द्रको रूपमा खडा गरेको छ । तर सर्पदंशका उपचार केन्द्रहरू भए पनि अझै घरमै या उपचारको लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु हुने संख्या धेरै देखिएको छ ।

कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार पछिल्लो समय सर्पले टोकेको भन्ने थाहा नहुँदा पनि मर्ने क्रम बढेको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले सर्पदंशका कारण हुने मृत्यु घटना रोक्न प्रदेशमा रहेका सर्पदंश उपचार केन्द्रमा भ्याक्सिन, दक्ष जनशक्ति लगायतको व्यवस्था गरिएको बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित