बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

श्रमिकको नयाँ न्यूनत्तम पारिश्रमिक तत्काल घोषणा गर्न सरकार संग माग

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले ज्याला जीवीहरुको न्यूनत्तम पारिश्रमिक नेपाल सरकारका प्रथम श्रेणीका कर्मचारी सरह बनाउन माग गरेको छ ।

आईतबार बुटवल पत्रकार सम्मेलनको आयोजना गर्दै श्रम ऐन ०७४ को दफा १०७ मा हरेक दुई बर्षमा श्रमिकहरुको पारिश्रमिक निर्धारण हुनेपर्ने व्यवस्था रहेपनि अहिले ०७८ सालकै पारिश्रमिक कार्यान्वयनमा रहेको भन्दै नयाँ आर्थिक बर्ष देखि लागु हुने गरी नयाँ पारिश्रमिक निर्धारण गर्न सरकार संग माग गरे ।

हाल श्रमिकहरुको पारिश्रमिक मासिक पन्ध्र हजार रहेको र अब सरकारले नेपाल सरकारको प्रथम श्रेणीका कर्मचारीको पारिश्रमिक सरह २६ हजार बनाउनुपर्ने नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष एवं संयुक्त ट्रेड युनियनका संयोजक हुमाकान्त काफ्लेले बताए ।

उनले अहिले पनि सरकारकै कर्मचारी बीचमा पनि ज्यालामा विभेद रहेको भन्दै त्यसलाई पनि सरकारले बराबर गराउनुपर्ने बताए ।

उनले समयमै श्रमिकहरुको पारिश्रमिक बृद्धि नगरिएको प्रदेशका श्रमिक आन्दोलनमा उत्रिन बाध्य हुने समेत बताए ।

साथै उनले योगदानमा आधारित सामाजिक सुरक्षा पूर्णत कार्यान्वयन गर्न आग्रह समेत गरे ।

लुम्बिनी प्रदेशमा हाल १ हजार ४८२ रोजगार दाता कम्पनीका १४ हजार ९९२ जना योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध भएको उनले बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष काजीमान श्रेष्ठले न्यूनत्तम पारिश्रमिक तत्काल घोषणा गर्न र श्रम आयोग पनि तत्काल सरकारले घोषणा गर्नुपर्ने बताए ।

उनले श्रमिकहरुको न्युनत्तम पारिश्रमिक नेपाल सरकारको कार्यालयमा कार्यरत प्रथम श्रेणीका कर्मचारीको पारिश्रमिक सरह पुग्ने गरी बृद्धि गर्न र रोजगारदाताहरुलाई पनि आलटाल नगरी संवादबाट निष्कर्षमा आउन आग्रह गरे ।

पेशागत महासंघ नेपालका छविलाल पाण्डेले श्रमिकको यकिङ तथ्याङक अहिले नभएकाले स्थानिय तहमा साझा मुद्धाका रुपमा श्रमिक परिचय पत्र बनाउनुपर्ने आवाज उठाउँदै आएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित