जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी?                
समाचार :

श्रमिकको नयाँ न्यूनत्तम पारिश्रमिक तत्काल घोषणा गर्न सरकार संग माग

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले ज्याला जीवीहरुको न्यूनत्तम पारिश्रमिक नेपाल सरकारका प्रथम श्रेणीका कर्मचारी सरह बनाउन माग गरेको छ ।

आईतबार बुटवल पत्रकार सम्मेलनको आयोजना गर्दै श्रम ऐन ०७४ को दफा १०७ मा हरेक दुई बर्षमा श्रमिकहरुको पारिश्रमिक निर्धारण हुनेपर्ने व्यवस्था रहेपनि अहिले ०७८ सालकै पारिश्रमिक कार्यान्वयनमा रहेको भन्दै नयाँ आर्थिक बर्ष देखि लागु हुने गरी नयाँ पारिश्रमिक निर्धारण गर्न सरकार संग माग गरे ।

हाल श्रमिकहरुको पारिश्रमिक मासिक पन्ध्र हजार रहेको र अब सरकारले नेपाल सरकारको प्रथम श्रेणीका कर्मचारीको पारिश्रमिक सरह २६ हजार बनाउनुपर्ने नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष एवं संयुक्त ट्रेड युनियनका संयोजक हुमाकान्त काफ्लेले बताए ।

उनले अहिले पनि सरकारकै कर्मचारी बीचमा पनि ज्यालामा विभेद रहेको भन्दै त्यसलाई पनि सरकारले बराबर गराउनुपर्ने बताए ।

उनले समयमै श्रमिकहरुको पारिश्रमिक बृद्धि नगरिएको प्रदेशका श्रमिक आन्दोलनमा उत्रिन बाध्य हुने समेत बताए ।

साथै उनले योगदानमा आधारित सामाजिक सुरक्षा पूर्णत कार्यान्वयन गर्न आग्रह समेत गरे ।

लुम्बिनी प्रदेशमा हाल १ हजार ४८२ रोजगार दाता कम्पनीका १४ हजार ९९२ जना योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध भएको उनले बताए ।

नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष काजीमान श्रेष्ठले न्यूनत्तम पारिश्रमिक तत्काल घोषणा गर्न र श्रम आयोग पनि तत्काल सरकारले घोषणा गर्नुपर्ने बताए ।

उनले श्रमिकहरुको न्युनत्तम पारिश्रमिक नेपाल सरकारको कार्यालयमा कार्यरत प्रथम श्रेणीका कर्मचारीको पारिश्रमिक सरह पुग्ने गरी बृद्धि गर्न र रोजगारदाताहरुलाई पनि आलटाल नगरी संवादबाट निष्कर्षमा आउन आग्रह गरे ।

पेशागत महासंघ नेपालका छविलाल पाण्डेले श्रमिकको यकिङ तथ्याङक अहिले नभएकाले स्थानिय तहमा साझा मुद्धाका रुपमा श्रमिक परिचय पत्र बनाउनुपर्ने आवाज उठाउँदै आएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित