लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

पूर्वाग्रह पूर्ण सोच र स्वार्थले नन्दनी गौशाला बन्द हुन थाल्यो–एमाले बुटवल

बुटवल । छाडा चौपायाको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ बुटवलको शिवनगरमा स्थापना गरिएको नन्दनी गौशाला बुटवल उपमहानगरपालिकाको उपेक्षामा परेको नेकपा एमाले बुटवलले जनाएको छ ।

२०७७ सालमा बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक बन उपभोक्ता समितिको सहकार्यमा शिवनगर सामुदायिक बनमा धार्मिक पर्यटन सहितको गौशाला निर्माण गर्ने सम्झौता सम्पन्न भएको थियो ।

सम्झौता बमोजिम करिब ८ विगाहा क्षेत्रफलमा उपमहानगरपालिकाले गौशालाका लागि आवश्यक पर्ने पूर्वाधार लगायतका आधारभुत संरचनाहरु निर्माण गरेको थियो ।

तर बुटवल उपमहानगरपालिकामा नयाँ नेतृत्व आए संगै गौशाला प्रति हेर्ने दृष्टिकोण सकारात्मक नभएको एमाले बुटवल नगर कमिटि अध्यक्ष किसन ज्ञवालीले बताए । नगरसभाबाट गौं संरक्षण केन्द्र सञ्चालनका लागि विनियोजन गरिएको २५ लाख समेत नगरपालिकाको नेतृत्वले गौशालालाई उपलब्ध नगराएको उनको भनाई छ ।

‘बन उपभोक्त समिति र स्थानीयहरुको भावना विपरित कार्यविधि परिवर्तन गरेर आफ्नो स्वार्थ अनुकुल कुनै अमुक संस्थालाई गौशाला सञ्चालन गर्न दिने योजना बनाइएको छ । हुदाँ हुदाँ अहिले गौशाला बन्द हुने स्थिती आएको छ ।’ उनले भने ।

बुटवलमा आधारभूत संरचना सहितको गौशाला भएपनि बुटवलका सडकभरी छाडा चौपायाहरु छरिएका छन । साथै अध्यक्ष ज्ञवालीले शिवनगर सामुदायिक बन, स्थानीय र आम बुटवलबासीको भावना अनुसार गौं संरक्षण केन्द्र सञ्चालनमा ल्याई बुटवलका सडकमा रहेका छाडा चौपायाको तत्काल व्यवस्थापन गर्न जोडदार माग समेत गरे ।

गौशालाको दिर्धकालिन सञ्चालनका लागि तत्कालिन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीको नेतृत्वमा कार्यविधि निर्माण भइ कार्यान्वयनमा गएको थियो ।

कार्यविधि अनुसार गौशालाका लागि आवश्यक पर्ने पूर्वाधार, गौं आहार (दाना, पराल लगायत) र स्वास्थ्य उपचारको प्रबन्ध बुटवल उपमहानगरपालिकाले गर्ने तथा शिवनगर सामुदायिक बनको नेतृत्वमा स्थानीयहरु सम्मिलित गौशाला सञ्चालन तथा व्यवस्थापन समिति निर्माण गरी त्यस मार्फत गौशालाको रेखदेख र सञ्चालन गर्ने व्यहोरा कार्यविधिमा उल्लेख गरिएको थियो ।

यसमा बुटवल उपमहानगरपालिका प्रमुख संरक्षक, शिवनगर सामुदायिक बन संरक्षक रहने व्यवस्था समेत छ । गौशालामा २०० भन्दा बढी छाडा चौपायाहरुलाई ल्याएर २०७८ साल कार्तिक लक्ष्मीपुजाको दिन गौं संरक्षण केन्द्रको औपचारिक शुभारम्भ गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित