बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

आफ्नो मालिकलाई मार्ने सर्पलाई कुकुरले मार्‍यो, आफू पनि मर्‍यो

सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका- ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको  उनको परिवारले जनाएको छ। बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारको लागि बाँकेको  भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।सर्पले डाँगीलाई टोकेपछि उनको घरमा रहेको कुकुरले फरक जनाउ दिएको थियो। उक्त सर्प पसेको प्वाल वरिपरि कुकुर घुमिरहेको थियो। कुन जातको सर्प हो? भनी पत्ता लगाउन खोज्दा प्वाल खनिएको थियो।  कुकुरले गोमन सर्पलाई तानेर बाहिर ल्याई मारेको थियो। सर्पलाई मारेको केहीबेर पछि कुकुरको मृत्यु भएको मृतकको परिवारले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित