लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

आफ्नो मालिकलाई मार्ने सर्पलाई कुकुरले मार्‍यो, आफू पनि मर्‍यो

सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका- ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको  उनको परिवारले जनाएको छ। बेलुका भान्सा कोठामा खाना पकाउने क्रममा खुट्टामा सर्पले टोकेपछि उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो।

त्यहाँबाट थप उपचारको लागि बाँकेको  भेरी अस्पताल नेपालगञ्ज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।सर्पले डाँगीलाई टोकेपछि उनको घरमा रहेको कुकुरले फरक जनाउ दिएको थियो। उक्त सर्प पसेको प्वाल वरिपरि कुकुर घुमिरहेको थियो। कुन जातको सर्प हो? भनी पत्ता लगाउन खोज्दा प्वाल खनिएको थियो।  कुकुरले गोमन सर्पलाई तानेर बाहिर ल्याई मारेको थियो। सर्पलाई मारेको केहीबेर पछि कुकुरको मृत्यु भएको मृतकको परिवारले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित