आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

ज्ञानगंगा पाठशालामा एसईई उत्तीर्णलाई सम्मान

बुटवल। रुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालाले २०७९ को एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई मंगलबार आगामी शैक्षिक यात्राको शुभकामना सहित सम्मान गरेको छ ।

सो अवसरमा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले २८ जना विद्यार्थीले उत्कृष्ट जीपीए ल्याउन सफल भएको खुसी ब्यक्त गर्दै विद्यालयले आगामी दिनमा झनै राम्रो प्रगतिका साथ अघि बढने बताए ।

विद्यालयका प्राचार्य चन्द्र अधिकारीले विद्यालयले यस वर्ष उत्कृष्ठ नतिजा ल्याएको बताउँदै आगामी शैक्षिक यात्रा झनै राम्रो बनाएर अघि बढने बताए ।

विद्यालयका सहप्राचार्य केशवराज पन्तले उत्तीर्ण विद्यार्थीलाई आगामी दिनमा अझै राम्रो गरेर अघि बढन सुझाव दिए ।

सो अवसरमा शिक्षक मिलन राना, निर्मला थापा, विद्यार्थी अंकित अधिकारी, प्रकृति कोइराला, मनिष पौडेल, नाजमिन बेगम, निमावि संयोजक कमल थापा, प्रावि संयोजक सन्ध्या घिमिरे, पूर्व प्रावि संयोजक लक्ष्मी जिसी लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षक कुलचन्द्र पुरीले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित