प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य पाल्पाको तिनाउमा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु                
समाचार :

सर्पले डस्दा कपिलवस्तुमा चारको मृत्यु

बुटवल । कपिलबस्तुमा सर्पले डस्दा ४ जनाको मृत्यु भएको छ ।

बुद्धभूमि नगरपालिका १ कपासीमा दाजुभाइको सर्पले डसेर मृत्यु भएको हो भने महाराजगञ्ज नगरपालिकामा २ जना गरी ४ जनाको मृत्यु भएको हो । बुद्धभूमि नगरपालिका १ का वर्ष १२ का दीपक भुसाल र वर्ष ९ का प्रदीप भुसालको सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।

दुबै जना पारिजात बोर्डिङ स्कुल गोरुसिङ्गेमा अध्ययन गर्दै आएका थिए । त्यस्तै महाराजगञ्ज नगरपालिकाका ३१ वर्षीया अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ की ममता चमार को पनि सर्पले डस्दा मृत्यु भएको छ ।

दुबै जनालाई गोमन सर्पले डसेको हुन सक्ने बताइएको छ ।

सर्पदंशको प्राथमिक उपचार

कन्काई सहारा सर्पदंश उपचार केन्द्रका इन्चार्ज अभिषेक पोखरेल सर्पले डसेको व्यक्तिलाई हतोत्साही बनाउने खालका कुनै पनि काम गर्न नहुने बताउँछन् । सर्पले टोक्नेबित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अंगलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ । यस्तो बेला कुनै पनि खानेकुरा खानुहुँदैन ।

कतिपयले सर्पले टोकेको ठाँउभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने गर्छन् । यसो गर्दा रक्तसञ्चारमा समस्या हुने पोखरेल बताउँछन् । जसले गर्दा सर्पले टोकेको अंग मर्ने र  खराब भएर काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ । त्यसैले सर्पले टोेकेको स्थानभन्दा माथि हलुकासँग मात्रै बाँध्नुपर्छ ।

विषालु सर्पले टोकेको दुई घण्टाभित्र बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले झारफुकजस्ता अन्धविश्वास अल्झिनुहुँदैन, सकेसम्म चाँडो उपचार केन्द्रमा लैजानुपर्छ ।

सर्पको टोकाइबाट कसरी सुरक्षित रहने ?

बेलुकाको समयमा जुत्ता लगाएर मात्रै हिंड्ने गर्नुपर्छ । यसरी हिंड्दा टर्चलाइट लिएर मात्र हिंड्नुपर्छ । यस्तै भुईंमा नसुती सधैं खाटमा सुत्ने बानी गर्नुपर्छ । ओछ्यानमा झुल टाँगेर सुत्नु सबैभन्दा राम्रो हुन्छ ।

घर वरपर सफासुग्घर राख्ने गर्नुपर्छ । लामो बाहुला भएको लुगा लगाउनुपर्छ । घरमा लिपपोत गर्दा, घाँस–दाउरा गर्दा एकदमै ध्यान पुर्‍याउने गर्दा सर्पको टोकाइबाट केही हदसम्म बच्न सकिन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित