उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित जब मापसे गरेका श्रीमान्‌ले तीनमहिने छोरो निमोठे… लुम्बिनी प्रदेश स्तरिय ब्याडमिन्टन प्रतियोगितामा रबिन र हिमान्सु जोडी बिजयी ‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न                
समाचार :

नेतृत्व विकास, क्षमता अभिबृद्धि सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला

वूमन लिडरसिप तथा टेक्नोलोजी काठमाण्डौको आयोजनामा रुपन्देहीका आईटी(सूचना प्राविधि क्षेत्र)मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि लागि नेतृत्व विकास, क्षमता अभिबृद्धि तथा नयाँ आविस्कार वा योजना सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला गरेको छ । मणिग्राममा आयोजना गरेको कार्यशाला(बुट क्याम्प)मा रुपन्देहीका विभिन्न ७ वटा कलेजमा सूचना प्राविधि(आईटी)मा अध्यायनरत १५ जना छात्राहरुको सहभागीता रहेको थियो । संस्थाका फाउन्डर न्हसला जोशीका अनुसार ९ दिन सम्मको लिटरसिप, नेतृत्व विकास, क्षमता अभिबृद्धि तथा उत्प्रेणा कार्याशालामा सहभागी छात्राहरुले आफै नै केही नयाँ योजना निर्माण सहित समाजलाई केही योगदान दिन सक्ने गरी तयार हुने छ । नौ महिना सम्म चल्ने यो अभियानमा प्रत्येक महिनामा थप तालिम तथा उत्प्रणात्मक कार्यक्रम गरिने छ ।
बुटवल , पोखरा र काठमाण्डौ गरी ३ स्थानबाट छनौट भएका १० जना आईटी अध्यायरत विद्यार्थीहरुको लागि विशेष स्कलरसीपको समेत व्यववस्था गरिएको फाउन्डर जोशीले जानकारी दिईन । नेदरल्याण्डको एक संस्थाको सहयोगमा चलिरहेको कार्यक्रममा स्थानीय स्तरमा पनि यस्तो प्रकृतिको कार्यक्रम गर्ने संस्था वा निकायको समेत खोजी गरिएको र जसबाट पनि काक गर्न सकिने उनले बताईन ।
कार्यशालामा सहभागी विद्यार्थीहरुले आफ्नो नेतृत्व विकासका लागि के कसरी सहकार्य, सह अस्त्वि र क्षमता प्रर्दशन गर्दै के कसरी अन्य व्याक्ति भन्दा नेतृत्वदायि क्षेत्रमा आफ्नो प्रस्तुती दिन सक्ने छन् भन्ने विषयमा कार्यपत्र सहित सामुहिक छलफल र प्रस्तुतीकरण भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित