बुटवलमा जेन जी पुस्ताको प्रदर्शन प्रदेश राजधानी परिसरमा वृक्षारोपण, हरियाली अभियान शुरु शोरुम उद्घाटनअघि नै बुटवलमा ‘प्रोटोन ई.मास सेभेन’ ईभी १० वटा बिक्रि रुपन्देही– ३ को उपचुनाव: उम्मेदवार छनोटमा रास्वपापछि राप्रपाले पनि आन्तरिक प्रारम्भिक चुनाव विधि अपनाउने यी स्थानमा दिउँसो मध्यम, राति भारी वर्षा हुने राप्रपा नेपालले रूपन्देही–३ मा अर्जुन थापालाई उम्मेदवार बनाउने बुटवलकी क्यान्सर पीडित शान्ती दर्जीद्वारा सहयोगको लागि आग्रह गुल्मीको मुसिकोटमा आटोको ब्राण्डिङ, ३५ टन बिक्री गर्ने लक्ष्य संविधान दिवसमा बुटवलमा ‘विगेस्ट स्टुडेन्ट कार्निवल’ हुने श्रीमतीको हत्या गरेर श्रीमान्‌ले भान्छामै गाडे शव, ४ दिनपछि खुल्यो रहस्य                
समाचार :

नेतृत्व विकास, क्षमता अभिबृद्धि सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला

वूमन लिडरसिप तथा टेक्नोलोजी काठमाण्डौको आयोजनामा रुपन्देहीका आईटी(सूचना प्राविधि क्षेत्र)मा अध्ययन गर्ने विद्यार्थीहरुका लागि लागि नेतृत्व विकास, क्षमता अभिबृद्धि तथा नयाँ आविस्कार वा योजना सम्बन्धी ९ दिने अभिमुखिकरण कार्यशाला गरेको छ । मणिग्राममा आयोजना गरेको कार्यशाला(बुट क्याम्प)मा रुपन्देहीका विभिन्न ७ वटा कलेजमा सूचना प्राविधि(आईटी)मा अध्यायनरत १५ जना छात्राहरुको सहभागीता रहेको थियो । संस्थाका फाउन्डर न्हसला जोशीका अनुसार ९ दिन सम्मको लिटरसिप, नेतृत्व विकास, क्षमता अभिबृद्धि तथा उत्प्रेणा कार्याशालामा सहभागी छात्राहरुले आफै नै केही नयाँ योजना निर्माण सहित समाजलाई केही योगदान दिन सक्ने गरी तयार हुने छ । नौ महिना सम्म चल्ने यो अभियानमा प्रत्येक महिनामा थप तालिम तथा उत्प्रणात्मक कार्यक्रम गरिने छ ।
बुटवल , पोखरा र काठमाण्डौ गरी ३ स्थानबाट छनौट भएका १० जना आईटी अध्यायरत विद्यार्थीहरुको लागि विशेष स्कलरसीपको समेत व्यववस्था गरिएको फाउन्डर जोशीले जानकारी दिईन । नेदरल्याण्डको एक संस्थाको सहयोगमा चलिरहेको कार्यक्रममा स्थानीय स्तरमा पनि यस्तो प्रकृतिको कार्यक्रम गर्ने संस्था वा निकायको समेत खोजी गरिएको र जसबाट पनि काक गर्न सकिने उनले बताईन ।
कार्यशालामा सहभागी विद्यार्थीहरुले आफ्नो नेतृत्व विकासका लागि के कसरी सहकार्य, सह अस्त्वि र क्षमता प्रर्दशन गर्दै के कसरी अन्य व्याक्ति भन्दा नेतृत्वदायि क्षेत्रमा आफ्नो प्रस्तुती दिन सक्ने छन् भन्ने विषयमा कार्यपत्र सहित सामुहिक छलफल र प्रस्तुतीकरण भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित