आपतकालमा किन बिकल्प बन्न सक्दैन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ? रुपन्देही उद्योग संघको अध्यक्षमा कृष्णप्रसाद पराजुली प्रहरी देख्दा झोला फ्याँकेर भागे, भेटियो ३१ थान आइफोन सेट रुपन्देही उद्योग संघको नयाँ नेतृत्वको लागि उम्मेदारी, अधिकांश पदमा निर्विरोध दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा बसेका पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण                
समाचार :

प्रदेश सभा गयाे, बुटवल उद्योग वाणिज्य संघ आफ्नै भवनमा आयाे

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले संघलाई भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल मर्मत सम्भार पछि आफ्नै भवनबाट औपचारिक रुपमा सेवा सुरु गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी दिए ।

६ वर्ष अघि संघीय संरचना स्थापनासंगै बुटवल उपमहानगरपालिका वडा नं. ६ सुन्दरनगर स्थित संघको कार्यालय भवन तथा सभाहल लुम्बिनी प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारले लुम्बिनीको स्थानीय राजधानी दाङको देउखरीमा राख्ने निर्णय गरेपछि गत मंसिरमा प्रदेश सभा स्थायी राजधानी दाङको देउखुरीमा सर्यो भने चैतको अन्त्यमा प्रदेश सभा सचिवालयले भवन तथा सभाहल संघलाई फिर्ता हस्तान्तरण गरेको थियो ।

प्रदेश सभा सचिवालयले भवन तथा सभाहल फिर्ता हस्तान्तरण गरेपछि संघले भवन तथा सभा हल मर्मत सम्भार गरेर आफ्नै भवनबाट सेवा सुरु गरिएको संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बताए।

सरकारले प्रदेशको अस्थायी राजधानी बुटवल तोकेपछि यस क्षेत्रको बिकासको आशा र सरकारलाई सहयोग गर्ने गरी संघको कार्यालय भवन तथा सभाहल प्रदेश सभा सञ्चालनको लागि प्रदान गरिएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित