लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

दीप बोर्डिङ हाई स्कूलमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाईसहित सम्मान

बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाई स्कूलमा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । २०७९ सालको एसईई परीक्षामा दीप बोडिङबाट ११२ विद्यार्थी सहभागी थिए ।

सहभागी विद्यार्थीहरु ३.८५ ल्याउने ३ जना, ए प्लस १४ जना सहित सबै विद्यार्थी सि प्लस ग्रेडमा उत्तीर्ण भएको विद्यालयले जनाएको छ । आइतबार आयोजित  कार्यक्रममा विद्यालयका प्राचार्य टिकाराम न्यौपानेले विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई बधाईसहित सम्मान गरेका थिए ।

प्राचार्य न्यौपानेले ४ जीपीए मात्र सबै चिज नभएको बताउँदै विद्यार्थीले उच्च शिक्षामा धेरै राम्रो गर्न सक्ने बताए । सीप र संस्कार सहितको शिक्षाको लागि कक्षा ११ र १२ को पढाई पनि दीपलाई नैं रोज्न विद्यार्थीहरूलाई न्यौपानेले आग्रह गरे ।tika ram.jpg

विद्यालयका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूले पारिवारिक र स्नेहपूर्ण वातावरणमा दीपमा रहेको बताए । शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले विद्यार्थी श्रमसँग जोडिनुपर्नेमा जोड दिँदै उपर्युक्त वातवरण सहितको विद्यालय विद्यार्थीको छनौटमा पर्ने बताए ।दीप बोर्डिङ स्कूल धेरै उत्कृष्ट विद्यालयका रुपमा आफूलाई स्थापित गर्न सफल भएको ढकालको भनाइ छ ।deepa boarding butwal.jpgDEEP SEE.jpg

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित